More

    मखनमा पञ्चाभिषेक रूद्री समापन

    Must Read

    काठमाडौं । राजोपाध्याय समाजको आयोजनामा काठमाडौंको मखनस्थित महिन्द्रेश्वर महादेव परिसरमा पञ्चाभिषेक रूद्री समारोह समापन भएको छ । उपत्यकाका तीनै शहरबाट ३५ जना राजोपाध्याय देव ब्राह्मणहरुबाट पूजा पाठ गरेर पञ्चाभिषेक रूद्री समापन भएको हो ।

    १०८ कलश यात्राबाट शुरु गरिएको कार्यक्रममा देव ब्राह्मण ११ जनाबाट लघु रूद्राभिषेक, ९ जनाबाट नवचण्डी, शिव पञ्चाङ्ख पाठ गरिएको थियो । यस्तै, १० हजार संख्याको अयुताहुति यज्ञ पनि गरिएको थियो ।

    पञ्चाभिषेक रूद्री समारोहमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ सहभागी रहेका थिए । मन्त्री श्रेष्ठले काठमाडौंका ओमधरानन्द राजोपाध्यायबाट संकलित कान्तिपुरको रूद्राभिषेक पद्धतीको पुस्तकसमेत सार्वजनिक गरे । पञ्चाभिषेक रूद्री समारोहमा मखन क्लबले सहयोगी संस्थाको भूमिका निर्वाह गरेको थियो ।

    साउन १२ गतेदेखि उपत्यकाका तीनवटै शहरहरुको शिवालयमा एकै दिन र एकै समयमा पाँच पाँच जना देव ब्राह्मणहरुबाट पञ्चाभिषेक रूद्रीको सुरुवात गरिएको थियो ।

    तस्वीर :  आकाश राजोपाध्याय



    Source link

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    वीरगञ्ज उद्योग वाणिज्य संघमा वस्तुगततर्फको सदस्यमा हरि पन्त निर्विरोध

    हरि पन्त/फाइल तस्वीर २२ फागुन, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ...

    More Articles Like This