More

    चुरियामाई नजीकै दुर्घटना, एकजनाको मृत्यु, अन्य घाइते

    Must Read

    बारा, १७ असोज । चुरियामाई नजीकै सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएको ई.प्र.का. अमलेखगंज बाराले जनाएको छ । असोज १५ गते जितपुरसिमरा उ.म.न.पा.–२१चुरिया माई नजिकै पुर्व पश्चिम लोकमार्गमा हेटौडा बाट पथलैया तर्पm आउदै गरेको ना.७ख ३६३९ न.को यात्री वाहक बस आफै अनियन्त्रित भई बाटोको पुर्व साइडमा कोल्टो भई दुर्घटना हुँदा चारजना घाइते भएका छन् । घटनास्थलमा बस छाडेर चालक फरार भएको प्रहरीले जनाएको छ । दुर्घटनामा बारा करैयामाई गा.पा. ७ बस्ने वर्ष ५३ को जंगनारायण चौधरी, मकवानपुर हेटौडा उ.म.न.पा. ९ बस्ने वर्ष ६० को फेकन दास, बारा जितपुरसिमरा उ.म.न.पा. २१ अमलेखगंज बस्ने वर्ष ४५ को अकल ब.लामा र एकजनाको नाम खुल्न सकेको छैन । यसैगरी दुर्घटनामा पर्सागढी न.पा. ८ रमौली बस्ने वर्ष २४ को नन्दन चौधरीको कलैया अस्पताल बारामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    वीरगञ्ज उद्योग वाणिज्य संघमा वस्तुगततर्फको सदस्यमा हरि पन्त निर्विरोध

    हरि पन्त/फाइल तस्वीर २२ फागुन, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ...

    More Articles Like This