spot_img

वीरगंज उद्योग वाणिज्य संघको आन्दोलन शुरू



वीरगंज, ११ पुस ।
नेपाल राष्ट्र बैंकको चालू पूंजी कर्जा निर्देशिका तथा बैंकहरूको चर्काे ब्याजदरका विरूद्धमा वीरगंज उद्योग बाणिज्य संघले आन्दोलन शुरू गरेको छ । नेपाल राष्ट्र बैंकको गलत आर्थिक नीतिले बजार ब्यबसाय तहस नहस भएपछि वीरगंज उद्योग बाणिज्य संघ आन्दोलनको लागि बाध्य भएको हो ।

आज आन्दोलनको पहिलो दिन राष्ट्र बैंकको गलत मौद्रिक नीतिको सांकेतिक बिरोध स्वरूप वीरगंज उद्योग बाणिज्य संघको भबन अगाडि र नेपाल राष्ट्र बैंकको गेट अगाडि आन्दोलनको विभिन्न नाराहरू अन्कित तुल, ब्यानरहरू झुन्याइएको छ । त्यसैगरी भोलिदेखि आआफ्नो व्यबसायिक प्रतिष्ठान अगाडि मौद्रिक नीतिको बिरोधमा ब्यानरहरू झुन्ड्याउने र पर्सी राष्ट्र बैंक अगाडि धर्ना दिने र अर्काे दिन उद्योगी ब्यापारीहरूको विशाल जनसागरको जुलुसनै उतार्ने नीति उद्योग बाणिज्य संघले लिएको छ ।

राष्ट्र बैंकको गलत मौद्रिक नीति र फितलो अनुगमनको कारण प्रायः बाणिज्य बैंकहरूले बजारमा तरलताको अभाव देखाएर मनोमानी किसिमले ब्याज र विभिन्न शिर्षकमा रकमहरू असुल्दै आएपछि आन्दोलनको बिकल्पनै नभएको जुलुसमा सहभागीहरूले बताएका छन ।

जुलुसलाई संघका अध्यक्ष सुबोध गुप्ता र मधेश प्रदेश अध्यक्ष गणेश लाठले सम्बोधन गरेका थिए । जुलुसमा उद्योगी, ब्यापारीहरूको उल्लेख्य उपस्थिति थियो ।

त्यसै गरि विरोध कार्यक्रममा होटल तथा पर्यटन ब्यवसायी संघ वीरगंज लगायत विभिन्न बस्तुगत संघ संस्थाहरूले पनि सहभागीता जनाएका थिए । आन्दोलनमा ऐक्यबद्धता जनाउने क्रममा होटल तथा पर्यटन ब्यबसायी संघ वीरगंजमा आबद्ध सम्पुर्ण होटलहरूमा भोलिदेखिनै नेपाल राष्ट्र बैन्कको मौद्रिक नितिको विरूद्धमा ब्यानरहरू झुन्डयाउन लागिएको संघका अध्यक्ष हरि पन्तले बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर