बारा, १९ पुस । तराई मधेसमा अत्यधिक चीसो बढेपछि धमाधम विद्यालयहरु बन्द हुन थालेका छन् । पुस १९ गते देखि कलैया उपमहानगरपालिकाले सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ । चीसो बढेपछि पठनपाठनमा असहज भएकोले नगर शिक्षा समितिको बैठकले कलैया उपमहानगरपालिका भित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत ४ दिनको लागि बन्द गर्ने निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रहलाद प्रसाद वर्णवालले जानकारी दिएका छन् । उनले पुस २२ शुक्रवारसम्म विद्यालय बन्द हुने, शनिवार बिदा रहेकोले आइतवारदेखि मात्र विद्यालय सुचारु हुने जनाएका छन् ।
प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्