spot_img

पर्यटन प्रबर्द्धन र पर्यटन सुरक्षामा सरोकारकारवाला हरुको भुमिका



बिरगंजमा होटल तथा पर्यटन ब्यबसायी संघ बिरगंज र पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डप द्वारा ” पर्यटन प्रबर्द्धन र पर्यटन सुरक्षामा सरोकारकारवाला हरुको भुमिका ” बिसयमा अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ ।
बिरगंज महानगरका नगर प्रमुख राजेश मान सिंहको प्रमुख आतिथ्यमा सप्पन्न उक्त कार्यक्रममा पर्यटक प्रहरी भृकुटीमण्डप बाट आएका पर्यटक प्रहरी निरीक्षक चन्द्र किशोर साहले नेपालका पर्यटकिय प्रमुख स्थलहरु , सम्भाबित पर्यटकिय स्थलहरु , मधेशको पर्यटकिय सम्भावनाहरुको बिषयमा प्रकाश पारेका थिए । उनले नेपालमा आउने पर्यटकहरुको आनिबानी , उनिहरुको सकारात्मक र नकारात्मक पक्षहरुको बिषयमा तयार गरिएको स्रब्य दृश्य सामाग्री , डकुमेन्ट्री प्रदर्शन गरेका थिए ।


अन्तरकृया कार्यक्रममा बोल्ने क्रममा बिरगंज महानगर प्रमुख राजेश मान सिंहले बैशाख भित्र बिरगंजमा पर्यटकीय हिसाबले देखिने गरि परिवर्तन हुने बताए । यसका लागि ४ महिना धैर्य गर्न आग्रह गर्दै उनले राम्रो कामको सबैले प्रशंसा गर्नु पर्ने बतए ।
होटल तथा पर्यटन व्यावसायि संघ बिरगंजका अध्यक्ष हरि पन्तले भारतीय पर्यटकहरु संग सम्मानजनक व्यवहार गर्नु पर्ने बताउदै बिरगंजका अधिकान्स पर्यटकहरु भारतियनै हुने गरेकोले भारतीय पर्यटकहरु संग होटल ब्यबसायी र सरकारी निकाय कहि बाट पनि दुर्व्यवहार हुन नहुने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासङका सचीव दिपेन्द्र चौहान , केन्द्रिय सदस्य के सि लामिछाने , बिरगंज उद्योग बाणिज्य संघ का उपाध्यक्ष अनिल पट्वारी , पर्यटन समयोजक अनुज रुङटा , सहायक प्रमुख जिल्ला अधिकारी भिम् कान्त पौडेल लगाएतले मन्तब्य राखेका थिए । बिरगंजका अधिकांश ठुला तथा साना होटल तथा पर्यटन ब्यबसायीहरु , पर्यटन प्रहरी र मिडियाकर्मीहरुको बाक्लो उपस्थित रहेको उक्त अन्तरकृया कार्यक्रम होटल तथा पर्यटन ब्यबसायी संघ बिरगंजका अध्यक्ष हरि पन्तको अध्यक्षतामा सप्पन्न भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
- Advertisement -
neelamb

ताजा अपडेट्स

सम्बन्धित खबर