spot_img

धरापमा परेको उपेन्द्र यादवको बिरासत



अनिल तिवारी
बारा क्षेत्र नम्बर २को चुनावी ध्रुवीकरण दुइ पछिय हुदै गएको छ । पुरै मधेसको राजनैतिक ध्यानाकर्षण बाराको चुनावले तानेको छ ।यति यसपटक पनि उपेन्द्र यादव चुनाव हारे भने पार्टिबाट राजिनामा दिन ठुलो नैतिक दबाव उनीमाथी पर्ने पार्टिका एक केन्द्रिय सदस्यले बताए ।
पहिलो चुनावमा मधेस आन्दोलनले निर्दिष्ट गरे अनुसार मधेसी दलको गठबन्धनले पाएको राजनैतिक शक्तिलाई ५बर्षमा सत्ताको लागी पटक पटक चिरहरण गरिएको कारण मधेसी दल र मधेस प्रदेश सरकार हुने जतिको भ्रष्टाचारमा लिप्त भएकै कारण मधेसको जनमत फेरिएको छ ।
मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा गयो र सात प्रदेश सरकारहरु स्थापना भए । तर सविधानको अनुसार कानुन बनाउनमा प्रतिनिधिसभाको पुरै पांच बर्ष असफल भएको आरोपलाई पनि नकार्न सकिदैन । त्यसको प्रमुख जिम्मेवार मधेसी दलरहेका छन् । सत्ताको असबन्डा भन्दा पनि कानुन बनाउनमा मधेसी दल केन्द्रित हुनु पथ्र्यो । संघ र प्रदेशसभाका प्रमुख दुईवटा जिम्मेवारी मात्र छन । विधि वा कानुन निर्माण र त्यसपछि सरकार निर्माण गर्नु हो ।

यी सीमा नेपालको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रले अपनाएको प्रमुख बिषयहो । तर त्यसो भएन, किन ? गएको ५ पांच बर्षिय राजनैति क्रियाकलाप सविधानका आवश्यकता, महत्त्व र औचित्य भन्दा बिलकुलै फरक देखिएको छ । सांसद र संसद दुवै कानुन बनाउन भन्दा पनि ‘विकास–निर्माण’बजेट खर्चिनमा प्रत्यक्ष संलग्न हुनु नै देखियो र यो सबै सत्तालिप्साको क्रियाकलापका सुत्राधार उपेन्द्र यादव हुदै आए ।
मानौं, विधि निर्माण दोस्रो र सरकार बनाउने वा भत्काउने पहिलो काम मात्र हुन । २०७२ साउन पहिलो साता संविधानको प्रारम्भिक मस्यौदा आएदेखि सुरु भई असोज ३ मा संविधान जारी भए पछिको झण्डै छ महिना चलेको मधेस आन्दोलन पछि बनेको सरकारको ५ वर्ष मधेस मुदामा पुर्णरुपले असफल नै भएको आरोप छ । संविधानमा समावेश हुने अधिकारका कुरालाई लिएर मधेसमा विरोधको स्वर पहिले देखि आउन थालेको भए पनि २०७२ साउन ३१ का दिनदेखि सो आन्दोलन अनिश्चितकालीन तराई– मधेस आमहडतालमा परिणत भएको थियो। तर मांग पुरा नभइ मधेसी दलहरु चुनावी मैदानमा ओर्ले । समय सापेक्ष राजनैतिक रणनिति र बोली जति फेरिए पनि पांच बर्षमा मधेस प्रदेश सरकारमा भएको हरेक भ्रष्टाचारका साक्षी उपेन्द्र यादव रहेको आरोपलाई नर्कान सकिदैन छ । उनका मुख्यमन्त्री लालबाबुको कार्यालयबाट चलेको हरेक प्रत्यक्ष कार्यक्रमहर,बेटि बचाउ, बेटि पढाउ,मुख्यमन्त्री स्वच्छता अभियान,छोरी बिमा कार्यक्रम लगायतका सबै कार्यक्रमहरुका फाइलहरु अख्तियार अनुशन्धान आयोगले तानेको छ । साइकल खरिदमा भएको भ्रष्ट्रचारको मुदाबाट लालबाबुलाई उन्मुक्ती दिन भएभरको यादवले सत्ताधारी गठबन्धनको प्रयोग गरेको आरोप पनि छ । साइकल खरिद कान्डमा भएको भ्रष्ट्राचारको फाइलमा रहेका कागजहरु स्वयम मुख्यमन्त्रीले गायब गरेको आरोप लगायत प्रदेश सकारको भ्रष्टाचारलाई चुनावी अदालतमा लुकाउन जसपालाई ठुलो धौधौ परेको छ । तेस्रो मधेस बिद्रोहको संज्ञा दिइएको पछिल्लोपटकको आन्दोलनलाई पाँच वर्ष पछाडि फर्केर हेर्दा त्यसले देशलाई र मधेसलाई के दियो भन्ने सवाल आम मतदाताको छ ? परिणाम स्वरुप उपेन्द्र यादव र जसपासंग मधेसको मोह भंग भएको छ । जो उक्त विद्रोहमा होमिए, कुटिए, राज्यको दमनले अंग गुमाए र परिवारका आत्मीय सदस्य गुमाए ती सर्वसाधारण भने ठगिएको महसुस गर्छन् । त्यसले गर्दा मधेसी र थारू समुदायमा रहेको असन्तुष्टि र मुद्दा बाँकी रहेसम्म अर्को आन्दोलन पनि बाँकी छ जस्तो धेरैलाई लाग्छ । तर उपेन्द्र यादवले देखाएको नाताबाद,क्रिपावाद ,पैसावाद र सत्तावाद बादले मधेसमा मधेसी दल र नेताप्रति ठुलो घृणा शृजना गरेको छ । त्यसमा पनि सबै भन्दा मधेस बिरोधी ,प्रतिगमणकारी लगायतका विभिन्न आरोप लगाउने तर फेरि सत्ता र टिकटसंख्या बढाउन उनै ओलीसंगको गठबन्धनले उपेन्द्र यादव र जसपालाई हराउने अभियान मधेसमा चलायो र स्वयम उपेन्द्र यावद दोब्बर मतले पराजित भएपनि ।
मधेसवादी शक्तिहरु दिन/प्रतिदिन फुटका कारण कमजोर भएका छन् । जसको मुख्यकारक उपेन्द्र यावद नै भएको लोसपाका कतिपय नेताहरुको आरोप रहको छ । उनीहरु भन्छन, ‘उपेन्द्रजीको कुरा र काम दुबै परस्पर विपरित हुन्छन, जे भन्नु हुन्छ, त्यसको ठिक उल्टो गर्नु हुन्छ । जहिले पनि मधेस र मधेसीको हकहित भन्दा पनि वाह्य बामशक्तिको भक्ति नै जसपाको राजनैतिक गतिविधिलाई निर्दिष्ट हुने गरको छ, जुन मधेसको लागी घातक हो ।’

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर