spot_img

    पुरुष भलिबल : नेपाल मङ्गोलियासँग पराजित



    काठमाडौँ, ३ असार सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा) पुरुष भलिबल नेसन्स लिगको आफ्नो पहिलो खेलमा नेपाल मङ्गोलियासँग पराजित भएको छ ।
    कीर्गिस्तानमा आज भएको खेलमा नेपाल मङ्गलियासँग ३-१ को सेटमा पराजित भएको हो । मङ्गोलियाले खेलको पहिलो सेट २५-१९ र दोस्रो सेट २५-२० ले आफनो पक्षमा पार्‍यो । त्यस्तै खेलको तेस्रो सेट भने नेपालले जित्यो । नेपालले २७-२५ ले आफ्नो पक्षमा पार्‍यो तर खेलको चौँथो सेटमा मङ्गोलिया २५-२० ले विजयी भयो ।
    उक्त प्रतियोगितामा विभिन्न सात टोलीको सहभागिता रहेको छ । जसमा आयोजक कीर्गिस्तान ‘ए’ टोली, मङ्गोलिया, नेपाल, उज्वेकिस्तान, इरान, तुर्कमिनिस्तान र कीर्गिस्तानको ‘बी’ टोली छन् । अब नेपालले आफनो दोस्रो खेल भोलि कीर्गिस्तानको ‘ए’ टोलीसँग खेल्नेछ ।

    प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
    spot_img

    ताजा अपडेट्स

    सम्बन्धित खबर