spot_img

सोमवारको वर्षापछि मधेश प्रदेशमा रोपाइको चटारो शुरु, महानगर डुबानमा



वीरगंज, १८ असार ।
मधेस प्रदेशका आठ जिल्लामा असारको तेस्रो साता बितेपछि बल्ल सोमवार बिहानदेखि वर्षा भएको छ । बिहानदेखि दिउंसोसम्म वर्षेको वर्षाका कारण खेतीपाती गर्ने किसानहरु हर्ष भएका छन् भने महानगरमा बसोबास गर्नेहरु डुबानको पीडा भोग्दैछन् ।
अहिलेसम्म मधेस प्रदेशमा नौ दशमलव ५२ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ ।
समयमा वर्षा नहुदाँ यो प्रदेशको ९० दशमलव ४८ प्रतिशत खेत अझै बाँझो रहेको मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिझ धनुषाका निमित्त कमलदेव कुशवाहाले जानकारी दिए ।
अहिलेसम्म मधेस प्रदेशमा सबैभन्दा बढी सप्तरी र सिरहामा १५र१५ प्रतिशत र सबैभन्दा कम रौतहट, धनुषा, महोत्तरीमा पाँचरपाँच प्रतिशत जग्गामा मात्र धान रोपाइँ भएको निमित्त निर्देशक कुशवाहाले बताए । लामो समयदेखि वर्षा नहुँदा वैकल्पिक सिंचाइको प्रबन्ध मिलाएरै भए पनि किसान धान रोपाइँ गरिरहेको उनको भनाइ छ ।
उनका अनुसार सप्तरी र सिरहामा १५–१५ प्रतिशत, सर्लाहीमा १२ प्रतिशत, बारामा १० प्रतिशत, पर्सामा छ प्रतिशत र धनुषा र बारामा ६०–६० प्रतिशत, सिरहा र सर्लाहीमा ५५–५५ प्रतिशत, रौतटहमा ५० प्रतिशत, महोत्तरीमा ४५ प्रतिशत र पर्सामा ४२ प्रतिशत मात्र धान रोपाइँ हुन सकेको छ । पर्सामा ५४ हजार सात सय ३२ हेक्टर क्षेत्रफल खेतीयोग्य जग्गामध्ये ४७ हजार एक सय ३० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर