spot_img

थप शसक्त हुँदै बेलायतको जेठो नेपाली संस्था ‘यति एशोसियसन’



करिव ६५ बर्षको लामो ईतिहाँस बोकेको बेलायत स्थित ‘यति नेपाली यशोसियसन युके’ले संस्थागत बिकास र भावी योजनाहरु बारे बृहत् कार्यशाला गोष्ठी भव्यताकासाथ सम्पन्न गरेको छ। संस्थाकी अध्यक्ष पिपला देवान पाण्डेको संयोजकत्वम पश्चिम लण्डन स्थित नेवा छे: मायाँ पवमा सम्पन्न भएको उक्त गोष्ठीमा संस्थाका सल्लाहकारहरु तथा ट्रष्टिहरुको बाक्लो उपस्थीती थियो ।
बेलायतमा खोलिएका करिव २५० सामाजिक संस्थाहरुको बिचमा भिन्नै पहिचान बोकेको जेठो नेपाली सस्थाको रुपमा सन् १९६० मा स्थापना भएको यति नेपाली एशोसियसनले संस्थागत संरचनाहरुलाई परिमार्जन गर्दै थप प्रभावकारी कार्यक्रमहरु आयोजना गर्नका निमित्त आवस्यक योजना तर्जुमा गर्ने उद्देश्यका साथ आयोजना गरेको सो गोष्ठीमा सल्लाहकार डा. राघव धितालले संस्थाको संरचना र त्यसका आयामहरू बारे स्पष्ट पार्दै यति नेपाली यशोसियसनले इतिहाँस देखि वर्तमानसम्म तय गरेको यात्राको स्मरण गरेका थिए ।
संस्थामा पूर्व महासचिव एवं ट्रष्टी सुरेश जंङ्ग शाहले वर्तमान कार्य समितीलाई धन्यवाद दिंदै यति नेपाली यसोसियशन युकेको वर्तमान गतिविधीले नेपालीपन बढाएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनु पर्ने बिचार प्रकट गरेका थिए ।
कार्यशाला गोष्ठीले एसोसियसनको ब्यवस्थापकिय पक्षलाई अझ चुस्त दुरुस्त र प्रभावकारेस बनाउन विभिन्न योजनाहरु समेत तयार गरेको छ । गोष्ठीले यति नेपाली यशोसियसन युके र यति लण्डन वेलफेयर ट्रष्ट दुबैको एक अर्कामा समन्वयकारी भुमीका रहने साझा योजना बुन्नुका साथै ट्रष्टको बर्तमान विधानलाई संसोधन गरि यशोसियसनको कार्यसमितीबाट अध्यक्ष र अन्य एक जना ट्रष्टको पदेन सदस्य गरि ट्रष्टिलाई संयुक्त निर्णय लिन सुझाब दिने निर्णय गरेकोछ। त्यसैगरी आवश्यक र अधिकतम् आर्थिक कारोबारहरु वैंकिङ्ग प्रणालीबाट मात्र हुने गरि व्यवस्था मिलाउन अध्यक्ष पिपला देवान र ट्रष्टि विजय थापाले जिम्मेवारी लिएका छन् । कार्यक्रममा उपस्थित विभिन्न क्षेत्रका विज्ञहरुले ‘यती नेपाल हाउस ‘ खरिदका लागि संभावित मोडेलको बारेमा चर्चा गरेका थिए । संबन्धित क्षेत्रमा लामो समय कार्यकारी भुमीकामा काम गरि राख्नु भएका सल्लहाकार डा. श्याम चन्दले विभिन्न संभावनाको बारेमा चर्चा गर्नुका साथै कन्सुलरद्वय जित रानाभाट र लक्ष बहादुर गुरुङ्गले काउन्सीलबाट प्राप्त हुन सक्ने सम्भावित आर्थिक श्रोत र अन्य सहयोगका बारे प्रष्ट्याएका थिए । त्यस्तै पूर्व अध्यक्ष तथा सल्लाहकार उमेश राज मोक्तानको संयोजकत्वमा ९ सदस्यीय पूर्ण अधिकार प्राप्त ‘यति नेपाल हाउस संयोजन समिती’ समेत गठन गरिएको छ । जस्को सदस्य सचिबमा आर. के. त्रिपाठी र सदस्यहरुमा पिपला देवान, टंक भट्टराई, भिम तामाङ्ग, डा.श्याम चन्द, लक्ष गुरुङ्ग, विजय थापा र अन्य एक जना ट्रष्टीबाट रहने गरि निर्णय गरेको छ। साथै यो समितीलाई पूर्ण अधिकार प्रदान गर्नको लागि कार्यसमितीको बैठकमा प्रस्ताव गर्ने साझा राय तय भएको छ ।
एशोसियसनकी अध्यक्ष पिपला देवान पाण्डेले गोष्ठी समापनको क्रममा गोष्ठीमा उपस्थित सबैलाई र धन्यवाद ज्ञापन दिदै एशोसियसनको गरिमामय ईतिहासलाई कायम राख्दै निकट भविष्यमा पनि नेपाल र नेपालीका निमित्त समर्पित सस्थाको रुपमा आफुले सस्थालाई अगाडि बढाउने प्रतिवद्दता जाहेर गरेकी थिईन् । “बेलायतमा रहेका नेपालीहरुलाई समेटेर देशको कला,भाषा, संस्कृती, धर्म समेतको जगेर्ना गर्न विभिन्न कार्यक्रमहरु गरिरहेको यो संस्थाको गरिमालाई थप सम्मानजनक बनाउनका निमित्त म कुनै कसर बाँकी राख्ने छैन । यस्का लागि मलाई एशोसियसनका सम्पुर्ण सदस्य लगाएत युके निवासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरुले हिजोको दिनमा झै भोलीका दिनमा पनि साथ, सहयोग र सहकार्य गरिदिनु हुन्छ भन्ने आशा लिएकी छु ।” अध्यक्ष देवानले भनिन् ।
प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर