spot_img

महानगरका उच्चपदस्थले मलाई बदनाम गराउन खोज्दै– वडाध्यक्ष जयप्रकाश



वीरगंज, ४ भदौ । वीरगंज महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष जयप्रकाश साहले वीरगंज महानगरपालिकाका केही उच्चपदस्थ व्यक्तिहरूले चरित्र हत्या गरेको आरोप लगाएका छन् । आफूले गरेको कामबाट वडावासी सन्तुष्ट भएपनि महानगरपालिका केही उच्चपदस्थ व्यक्तिहरू असन्तुष्ट रहेका छन् ।
कुनै न कुनै रूपले मलाई फसाएर बदनाम गराउने योजनामा ती उच्चपदस्थ लागेका छन् । ५–६ दिन अगाडि आदर्शनगर स्थित घरमा माथि कोठाबाट सङ्कलन गरि ल्याएको फोहोर तल ढोकामा राखेको थिए । केही भुस्याहा कुकुरहरूले फोहोरको झोला ढोकाबाट तानेर बाहिर सडकमा ल्याइदिएका थिए ।
वडाध्यक्ष साहले भने, सडकमा फोहोर देख्ने बित्तिकै मैले सफा गरे तर, त्यसको भोलिपल्ट करिब १६ घन्टा पछि नगर प्रहरी अफिस आएर फोहोर बाहिर फालेको भन्दै जरिवाना काट्नु पर्छ भने । मैले सीसीटीभी हेर्न भने तर, मानेन् । ल ठिकै छ काट्नुस न त भनेपछि २ हजारको रसिद थमाए ।
तर, भोलिपल्ट वडाध्यक्षलाई दण्डित गरिएको भन्दै उक्त रसिद स्थानीय मिडियाहरूमा दिएर भ्रम फैलाउने काम भएको वडाध्यक्षले गुनासो गरेका छन् । मेरे चरित्र हत्या गर्न उक्त जरिवानाको रसिद मिडियामा सार्वजनिक गरियो ।
आफूले आजसम्म कानुन मिचेर कुनै पनि काम नगरेको उनले दाबी गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर