spot_img

औषधि व्यावसायी संघको अध्यक्षमा खण्डेलवाल निर्वाचित



वीरगन्ज, २४ भदौ । नेपाल औषधी व्यवसायी सङ्घ (एनसीडीए) को अध्यक्षमा प्रकाश कुमार खण्डेलवाल विजयी हुनुभएको छ । वीरगन्जमा भएको १४ औं अधिवेशनको निर्वाचनबाट खण्डेलवाल अध्यक्षमा निर्वाचित हुनुभएको हो । अध्यक्षका अर्का प्रतिस्पर्धी लोकहरि श्रेष्ठलाई १७ मतले पछि पार्दै खण्डेलवाल विजयी हुनुभएको हो ।
त्यस्तै वरिष्ठ उपाध्यक्ष रामप्रसाद खरेल सर्वाधिक १४१ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी निरञ्जन प्रसाद रिसालले ५१ मत मात्रै ल्याउनु भएको छ ।
त्यस्तै आयातकर्ता तर्फको उपाध्यक्षमा रामचन्द्र शर्मा (१११), उपाध्यक्ष (थोक) टंक प्रसाद अधिकारी (१३१), खुद्रातर्फ यामनाथ पौडेल (१०७) मतले विजयी हुनुभएको छ । त्यसैगरी महासचिवमा श्रीधर खनाल ९७ मत ल्याएर विजयी हुनुभएको छ ।
कोषाध्यक्षमा सम्राटमान जोशी ९८ मत ल्याएर विजयी हुनुभएको छ । सचिवमा कृष्णा बहादुर रोकाया १०७ मत ल्याएर विजयी हुनुभएको छ । त्यसैगरी खुल्ला सदस्यहरुमा बदरस्ीप्रसाद खनाल (१३१), भुवनेश्वर बुढा मगर(९५), कञ्चन शर्मा खतिवडा (१०५) र सरला कुमारी विष्ट (१३५) मतले निर्वाचित हुनुभएको निर्वाचन अधिकृत राजु खतिवडाले जानकारी दिनुभयो ।
उहाँका अनुसार यसअघि उपकोषाध्यक्षमा कविराज कडेंल र आयात, थोक, खुद्रा तथा महिलातर्फको केन्द्रीय केन्द्रिय सदस्य निरविरोध निर्वाचित भएका थिए । निर्वाचनमा १९५ जनाले मतदान गरेका थिए ।
नेपाल औषधी व्यवसायी संघको आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन भएको हो । यसअघि भदौ २२ गते उपराष्ट्रपति रामसहाय प्रसाद यादवले अधिवेशनको उदघाटन गर्नुभएको थियो ।
प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर