spot_img

युवा राजनितिज्ञ अवार्ड ग्रहण गर्न युवा नेतृ तथा सांसद सोविता गौतम बेलायतमा



राष्ट्रिय स्वतन्त्र पार्टीकी युवा नेतृ तथा सांसद सोविता गौतम बेलायत पुगेकी छन् । वान योङ्ग वोर्ल्डले आयोजना गरेको युवा राजनितिज्ञ अवार्ड ( Young world politician of the year -2023) ग्रहण गर्नका लागि गत सोमवार पति गृहेन्द्र घिमिरेका साथ युके पुगेकी सोविता हाल अवार्ड समारोह स्थल नर्दन आयरल्याण्डमा रहेकी छन् ।

बार्षिक रुपमा बिश्व भरीबाट उत्कृष्ट युवा राजनितीक नेतृत्वको छनौट गरि प्रदान गरिंदै आएको सो अवार्डको लागि नेपालको तर्फबाट सांसद सोविता गौतम छनौट भएकी हुन् । १९० देशका युवा लिडरहरु मध्येबाट हाल सो अवार्डको लागि ५ जना छनौट भएका छन् । नेपालको तर्फबाट सांसद गौतम सङ्गै क्यानडा, न्युजिल्याण्ड,अष्ट्रेलिया र बेल्जियमका युवा लिडरहरु पनि सन् २०२३ का लागि उत्कृष्ट लिडरको रुपमा अवार्ड ग्रहण गर्दै छन् । भोली, अक्टोबर ५ का दिन युकेको नर्दन आयरल्याण्डमा एक भब्य समारोहका बिच उक्त अवार्ड वितरण हुँदैछ ।
“म अहिले कुनै एक राजनैतिक दलको प्रतिनिधित्व गरेर होइनकी आफ्नो देशको प्रतिनिधित्व गरेर यो अवार्ड लिन आएकि छु …….।” बेलायतमा रहेकी सांसद गौतमले मुलुक दर्पणलाई छोटो प्रतिकृया दिंदै भनिन् ” मैले यो अवार्ड थापिरहँदा बिश्वले मलाई मात्र होईन नेपाललाई पनि चिन्नेछ। “

सासद गौतमले आफ्नो सामाजिक सजाल फेसबुक मार्फत अन्य देशका युवा राजनितीज्ञहरु सङ्गै नेपालको झन्डा फर्हराईरहेको भिडियो र फोटो पोष्ट गर्दै यसरी बिश्वसामु देश चिनाउने अवसर प्राप्त गरेकोमा आफुलाई गौरवान्वित महसुस भईरहेको बताएकी छन् ।

राजनैतिक रुपमा रास्वपामा लाग्नुपुर्व अधिवक्ताको रुपमा कानुनी सेवा प्रदान गरिरहेकी सोविताले एक टेलिभिजनमा ‘स्वास्थ्य सरोकार’ नामक कार्यक्रम संचालन गर्दै ४ बर्षसम्म संचार क्षेत्रमा समेत कृयाशील रहेकी थिईन् ।

गत बर्षको निर्वाचनमा काठमाडौ क्षेत्र नं २ बाट १५२२९ मत सहित रास्वपाको तर्फबाट निर्वाचित भएकी गौतमले जनताको प्रत्यक्ष सरोकारका बिबिध पक्षहरुमा चर्को रुपमा आवाज उठाउँदै आएकी छन् ।

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर