spot_img

प्रवासी नेपाली माझ- रवि लामिछाने; बेलायतमा भिन्नै उत्साह



लण्डन संवाददाता –

पार्टी स्थापना भएको केही महिनामै २१ जना सांसद सहित देशकै चौथो दलको रुपमा स्थापित भएको राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदहरुलाई यतिखेर जनताको घरदैलो धाउनबाट फुर्सद छैन । बेलाबेलामा  जनताको प्रत्यक्ष सरोकारका बिभिन्न बिषयहरुलाई अभियानका रुपमा अघी बढाउँदै रास्वपाका सांसदहरु आफ्नो निर्वाचन क्षेत्रमा पुगिरहेको देखिन्छन् । त्यसो त पार्टी सभापती रबी लामिछाने आँफै निक्कै सकृयाताकासाथ देशका बिभिन्न स्थानहरुमा पुगेर आफ्नो राजनैतिक एजेन्डाबारे जनतालाई सु-सुचित गराईरहेको र जनताको सुख दु:खमा आफ्नो सलग्नता देखाई रहेको देखिन्छन् । ‘देशको ब्यवस्था होईन जनताकोअवस्था बदल्नु पर्छ’ भन्ने मुल नारालाई अगाडि सारिरहेको रास्वपाले आगामी २०८४ को निर्वाचनलाई ‘मिशन-८४’ को लक्ष्य लिई आम जनतासमक्ष ‘पार्टी होईन, भोट बदल्नुस्’ भन्ने आग्रह गर्दै देशका शहर,बजार र विकट गाउँका घर दैलोमा पुगिरहेको छ र आफ्नो पार्टिलाई ८४ पछिको एकलौटी सरकार निर्माण गर्ने मौका दिन आम-जनता समक्ष अग्रह गर्दै आईरहेको छ । ‘जनताको लागि जनतासङ्गै’ भन्ने मुलमन्त्रलाई आत्मसाथ गर्दै देश दौडाहामा सकृय रहेका रास्वपाका सभापती लामिछाने यतिखेर बिदेशमा रहेका प्रवासी र गैर्‍ह आवासिय  नेपालीहरु समक्ष आफ्नो राजनैतिक एजेन्डालाई फैलाउने अभियानमा लागेका छन् । गत डिसेम्बर ३ का दिन देखि मलेसियाबाट बिदेश अभियानको सुरुवात गरेका उनी कतार हुँदै बेलायत छिर्न लागेका छन् । आगामी १० डिसेम्बर देखी १४ तारिक सम्मका लागी बेलायत भ्रमणको मिती तय भएसङ्गै रास्वपा समर्थित बेलायत निवासी नेपालीहरुको साझा संजाल ‘प्रवास नेपाली सम्पर्क बिभाग’ले सभापती रबि लामीछानेको प्रमुख उपस्थितीमा बेलायतको विभिन्न स्थानहरुमा गरिने कार्यक्रम तालिका सार्वजनिक गरेको छ ।

गत डिसेम्बर ३ का दिन मलेसियाको कार्यक्रमलाई सम्बोधन गरि हाल कतारको दोहा पुगेका लामिछाने आगामी १० डिसेम्बर आईतवारका दिन बिहान ७ बजे लण्डनको हिथ्रो एयरपोर्टमा अवतरण गर्नेछन्। सोही दिन प्रवास नेपाली सम्पर्क समिती युकेका कार्य-समितीसङ्ग अन्तर्कृया गरि लण्डन लगायत आसपासका नेपाली बसोबासीहरुको क्षेत्रमा खुल्ला अन्तर्कृया गर्ने तय भएको छ। स्विण्डन स्थित नेप्लिज एसोसियसन अफ वेल्सायार ( NAW) का अध्यक्ष ज्ञान प्रसाद गुरुङ्गका अनुसार डिसेम्बर १० कै दिन मध्याह ३ बजे लामिछानेले नेपालीमा नामाकरण गरिएको ‘अन्नपुर्ण मार्ग’को उदघाटन गर्नेछन्। गुरुङ्गका अनुसार नेपाली नामबाट बेलायतमा नामाकरण गरिएको यो बाटो सम्भवत: पहिलो हुनेछ। स्थानीय राजनैतिक अगुवा लगायत अन्य विशिष्ट ब्यक्तिहरुको उपस्थीतीमा सो बाटोको नामाकारण कार्यक्रम पस्चात् सोही साँझ नेप्लिज एसोसियसन अफ वेल्सायारले लामिछानेको लागि एक औपचारीक स्वागत कार्यक्रमको आयोजना समेत गरेको छ।

भ्रमणको दोश्रो दिन अर्थात डिसेम्बर ११ का दिनमा भने नेपालीहरुको बाहुल्यता रहेको मिडल्याण्डको बर्मिङ्गहममा खुल्ला अन्तर्कृया कार्यक्रम राखिएको छ। मिडल्याण्ड क्षेत्रको कार्यक्रम संयोजक तथा रास्वपा युके बिभागका महामन्त्री राजु कँडेलका अनुसार पार्टी सभापती लामिछानेले बर्मिङ्हमको टिप्टन स्थित ‘ द लाउन्च बार एन्ड रेष्टुरेन्ट’ मा मध्यान्ह १२ बजेदेखी ४ बजेसम्म हुने सो कार्यक्रममा उपस्थित नेपाली सहभागीहरुसङ्ग अन्तरकृया गर्नुका साथै त्यहाँ उठान भएका बिभिन्न मुद्दाहरुलाई सम्बोधन समेत गर्ने छन्।

त्यस्तै डिसेम्बर १२,मंगलवारका दिन साउथवेष्ट क्षेत्रको प्लमस्टिडमा अन्तर्कृया कार्यक्रमको आयोजना गर्न लागिएको सो क्षेत्रका संयोजक राम थापाले जानकारी दिए। बिहान ११ बजे देखि मध्यान्ह १ बजेसम्म हुने सो कार्यक्रमलाई सम्बोधन गरे पस्चात् सोही दिन मध्यान्ह ४ बजे अल्डरशटको एम्पाएर हलमा ‘बृहत् खुल्ला अन्तर्कृया’ राखिएको छ । नेपालीहरुको जनघनत्व बढी रहेको अल्डरशट क्षेत्रलाइ ‘मिनी-नेपाल’ को रुपमा पनि चिन्ने गरिन्छ। बहुजातिय र बहुधार्मिक नेपालीहरुको बसोबास रहेको अल्डरशटमा भने लामिछानेले स्थानिय हिन्दु मन्दिर र बौद्द मन्दिरको दर्शन गर्नुका साथै त्यहाँ बसोबास गर्ने केही नेपाली समुदायहरुसङ्ग अन्तरसंवाद र भलाकुसारी समेत गर्नेछन्। देशका अति विकट गाउँको कुनाकन्दरामा पुगेर जनताहरुको दु:ख सुखलाई नजिकबाट नियाल्न तल्लिन रहेका रबि लामिछानेले बेलायतमा पनि सम्भव भएसम्म नेपालीहरुकै घर आँगनमा पुग्ने इक्ष्या गरेको बताउँदै अल्डरशट क्षेत्रका कार्यक्रम संयोजक शान्ता बहादुर गुरुङ्गले सम्भव भएसम्म सोही अनुसारको भेटघाट तथा अनौपचारीक भलाकुसारीको तयारी समेत गरेको बताए। तत्पस्चात् भने ,सोही साँझ ५ बजे स्थानिय एम्पायर हलमा ‘बृहत् अन्तर्कृया’ कार्यक्रमको आयोजना गरेको समेत संयोजक गुरुङले जानकारी दिए।

बेलायतमा रहेका नेपालीहरुको जल्दाबल्दा मुद्दाहरुलाई संकलन गरि आफ्नो पार्टिको भावी कार्ययोजनामा समाबेश गराउने हेतुले आफ्ना केन्द्रिय सह-कोषाध्यक्ष दिपक बोहरा सहित बेलायत आउँदै गरेका लामिछानेले भ्रमणका क्रममा यहाँका उच्च राजनैतिक ब्यक्तित्वहरुसङ्ग भेटघाट तथा छलफल गर्नुका साथै नेपाली राजदुतावासमा समेत छोटो बैठक गर्न लागेको प्रवास नेपाली सम्पर्क बिभाग युकेका सभापती पवन शर्माले बताए।
नेपालको राजनैतिक बृत्तमा बैकल्पिक शक्तिको रुपमा उदाएको रास्वपा प्रती देश-बिदेशमा रहेका सम्पुर्ण नेपालीहरुले ठूलो आशा र भरोसा राखेको र बेलायत निवासी नेपालीहरुको ठूलो जमातले सभापती रबि लामिछानेसङ्ग गैर्‍ह आवासिय नेपालीहरुको समसामयिक सवालहरुमाथी प्रत्यक्ष  अन्तर्कृया गर्न चाहे बमोजिमनै यो भ्रमणको आयोजना हुन लागेको सभापती शर्माको भनाई थियो । शर्माका अनुसार रास्वपा सभापतीको यो भ्रमणले र यो कस्तो पार्टी हो? यसले अंगिकार गर्ने आर्थिक निति के हो ? जनजीविकाका सवालहरुमा र नीतिगत विषयमा यसको धार के हो? अहिलेको ब्यवस्थाका बारेमा रास्वपाको दूरगामी दृष्टिकोण के हो? भन्ने कुराको क्लियर सन्देश प्रवाह गर्नुका साथै बेलायतका भुपु गोर्खाहरुका मुद्दामा यसले नेपालको संसद र सरकार समक्ष कस्तो आवाज़ पेश गर्न सक्छ? र गैर्‍ह आवासिय नेपालीहरुको नागरिकताका विषयमा यसले कस्तो नीति अंगाल्दा उपयुक्त होला ? भन्ने सुझावलाई प्रेषित गर्न समेत ठूलो मद्दत पुग्ने आशा गरिएकोछ। यो भ्रमणलाई कुनै एक राजनैतिक दल विशेषको भ्रमणको रुपमामात्रै नहेरी एउटा उदयीमान युवा नेतृत्वले बिदेशमा रहेका नेपालीहरुको जनभावना बुझ्नको लागी तय गरेको ‘यात्रा’को रुपमा बुझिदिन आग्रह गर्दै सभापती शर्माले उक्त अन्तर्कृया कार्यक्रमहरुमा प्रत्यक्ष सहभागी भएर आफ्ना जिज्ञासा सुझावहरुलाई पार्टी शभापती समक्ष खुला रुपमा प्रस्तुत गरिदिन आम नेपालीसमुदाय,विभिन्न राजनैतिक ब्यक्तित्व,समाजसेवी, बुद्दिजिवी र विद्यार्थी बर्गमा हार्दिक आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर