मुलुकको हरेक खबर

एनएमबि बैंक महोत्तरीबाट दिनदहाडै ३८ लाख लुटियो

@mulukdarpan
२०८० जेष्ठ १६, मंगलवार १५:२२
महोत्तरी, १६ जेठ ।
महोत्तरीमा एक समूहले दिनदहाडै बैंक लुटेका छन। महोत्तरी गाउँँपालिका–२, महोत्तरी बजारस्थित एनएमबी बैंकको शाखामा मंगलवार मध्यान्ह १२ बजेको समयमा लुटपाट भएको प्रहरीले जनाएको छ।
मंगलवार बैंकमा प्रवेश गरेका हतियारधारी समूहले काउन्टरमा पेस्तोल देखाएर ३८ लाख रुपियाँँ लुटपाट गरेको लुटपाट गरेको महोत्तरी प्रहरी प्रबक्ता एवं डिएसपी दिलीप कुमार गिरिले जानकारी दिए।
प्रहरीका अनुसार १२ बजेको समयमा चारजनाको एक समूहले काउन्टरमा पेस्तोल देखाएर ३८ लाख रुपियाँँ लुटेर फरार भएका छन।
उनीहरू मास्क लगाएर बैंकमा प्रवेश गरी बैंक लुटेपछि मोटरसाइकलमा भागेका थिए। फरार उनीहरूलाई अहिले प्रहरीले खोजी रहेको छ।
प्रत्यक्षदर्शीका अनुसार ४ जनाको समूहमा आएका अपरिचित व्यक्तिहरूले बैंकमा लुटपाट गरेका थिए । बैंक लुटपाट गरेपछि मोटरसाइकलमा दुर्ईजना पर्सातिर र दुर्ईजना प्रकौलितिर भागेका छन् । बैंकबाट प्रहरी चौकी करिब ७ सय मिटरको दुरीमा छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?