मुलुकको हरेक खबर

वीरगंजका मेयर सिंहविरूद्ध न्यायधिवक्ताको कार्यालयमा उजुरी

@mulukdarpan
२०८० फाल्गुन २, बुधबार २२:२८
वीरगंज, ३ माघ । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहमाथि बिहीवार जिल्ला सरकारी न्यायाधिवक्ताको कार्यालय पर्सामा निवेदन दर्ता भएको छ।
सरकारी कागज किर्ते सम्बन्धी कसुरमा कारबाईको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन दर्ता गराउन जाँदा दर्ता गर्न आनाकानी गरेको आरोप लगाउँदैं वीरगञ्ज छपकैया ३ बस्ने लियाकत अलीले न्यायधीवक्ताको कार्यालयमा निवेदन दिएका हुन ।
कार्यालयले आजै जिल्ला प्रहरी कार्यालय पर्सामा पत्र लेखि आवश्यक कानुनी कारबाईको लागि निवेदकको उजुरी नै जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको छ।
निवेदनमा मेयर सिंह, रूबिना श्रेष्ठ र रिता भट्टराई माथि कारबाईको मांग गरीएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?