वीरगंज, २० पुस । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका सभापति हरी पन्तले फागुन २१ को प्रतिनिधीसभाको निर्बाचनपछि पहिलोपटक मुलुकले मधेसी युवा बालेन्द्र साहलाई प्रधानमन्त्रीको रूपमा पाउने बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी वीरगंज महानगरपालिका–१ को प्रथम ऐतिहासिक वडा भेलालाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।
सभापति पन्तले राष्ट्रिय स्वतन्त्र पार्टीले मधेसको छोरा बालेन साहलाई प्रधानमन्त्रीको रूपमा अगाडि सार्नु हामी आम मधेसवासी र मधेसको लागि गर्वको कुरा भएको बताए । उनले अब मधेसको छोरालाई प्रधानमन्त्री बन्नबाट कसैले पनि रोक्न नसक्ने समेत बताए ।
बजार छपकैयामा सम्पन्न उक्त वडा भेलाले धुरूप साहको सभापतित्वमा एघार सदस्यीय समिति गठन समेत गरेको थियो ।
समितिको उपसभापतिमा मनोज कुमार, सचिवमा धीरज साह कलवार र सदस्यहरूमा धुरेन्द्र साह तेली ललन पासवान, लालचन कुमार कानु, धर्मेन्द्र दास असलम मियाँ,राधे शाह तेली, गिरिजा देवी ठाकुर, उमाराबती देवी रहेका छन ।
त्यसैगरी सल्लाहकारहरूमा बैजु साह मिकाइल मियाँ, श्याम साह रहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको वीरगंज महानगरपालिकाका सभापति अमन आलमको सभापतित्वमा सम्पन उक्त भेलामा १ नम्बर वडाका सयौं वडाबासीहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए ।
कृष्णा पासवानले सहजीकरण गरेका भेलालाई केन्द्रिय सदस्य डा. नन्दन यादब क्षेत्रीय सभापति राम आर्य लगायतले सम्वोधन गरेका थिए भने किसान साहले स्वागत मन्तब्य राखेका थिए ।
कार्यक्रममा महानगर उपसभापति परितोश द्विवेदी सचिव गौतम श्रेष्ठ, जिल्ला सचिव सुदिष प्रजापति, कोषाध्यक्ष दिलीप कुर्मी, फैयाद मियाँ लगायतका नेताहरूको सहभागीता रहेको थियो ।



