spot_img

हरि पन्तको समर्थनमा उर्लियो टेंढा



वीरगंज ५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि पन्तको समर्थनमा टेढाका बासिन्दाको ठूलो समूह पार्टी प्रवेश गरेको छ। टेढामा आयोजित विशेष कार्यक्रममा विभिन्न दल परित्याग गर्दै पाँच सयभन्दा बढी व्यक्ति रास्वपामा प्रवेश गरेका हुन।

नवप्रवेशीहरूले देशले परिवर्तन खोजिरहेको र रास्वपा नै जनताको आशा, भरोसा तथा परिवर्तनको संवाहक शक्ति भएको दाबी गर्दै पार्टी रोजेको बताएका थिए ।

पार्टी प्रवेश गराउँदै रास्वपा पर्सा सभापति हरि पन्तले मुलुकभर रास्वपाप्रति जनलहर बढेको दाबी गरे। उनले आगामी सरकार रास्वपाले बहुमतसहित गठन गर्ने विश्वास व्यक्त गर्दै पुराना दलहरूलाई समृद्धि र विकासमा बाधकको रूपमा चित्रित गरे। जनताले अब नयाँ विकल्प रोज्ने दाबी गर्दै आफ्नो जित सुनिश्चित रहेको उनले बताए।

विशाल कुशवाहको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजीकरण कृष्ण पासवानले गरेका थिए। कार्यक्रममा स्थानीय अगुवा साकिर हुसेन, अबुलेश हुसेनलगायतको उपस्थिति रहेको थियो। साथै सगिर आलम, पूर्ण सपकोटा, मनिष यादव, कमला भुजेल र चन्दन यादवलगायतले सम्बोधन गरेका थिए।

पर्सा क्षेत्रमा निर्वाचन नजिकिँदै जाँदा विभिन्न दलहरूले पार्टी प्रवेश तथा जनभेटघाट कार्यक्रममार्फत आफ्नो अभियानलाई तीव्र बनाइरहेका छन।

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्

ताजा अपडेट्स

सम्बन्धित खबर