मुलुकको हरेक खबर

नीता पोखरेलको पहिलो कविता संग्रह ‘प्रयास’ लोकार्पण

@mulukdarpan
२०७९ असार ३२, शनिबार १५:४८

काठमाडौँ । नीता पोखरेलको ‘प्रयास’ नामक पहिलो कविता संग्रह लोकार्पण गरिएको छ । पुस्तकको लोकार्पण नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा आज पूर्व मन्त्री योगेश भट्टराईले गरेका हुन् ।

पुस्तक लोकार्पणमा बोल्दै पूर्व मन्त्री भट्टराईले मानिसले आफूभित्रको भावनालाई साहित्यमार्फत् प्रस्फुटन गर्दै समाज रुपान्तरणमा थुप्रै श्रष्ठाहरुले उल्लेख्य योगदान पुर्याएको चर्चा गर्दै यस ‘प्रयास’ नामक कविता संग्रहले पनि समाजमा सकरात्मक प्रभाव छोडने विश्वास व्यक्त गरे ।

पुस्तकमाथि समीक्षा गर्दै डा.देवी नेपाल र रिसव घिमिरेले पोखरेलको कविताले समसामयिकता बोकेको बताए । कार्यक्रममा उपस्थित पूर्व मन्त्री भट्टराईसहित सविधानसभा सदस्य रविन कोइराला, डा देवी नेपाल र रिसव घिमिरेलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

डा मीना उप्रेतीले स्वागत तथा अनन्त प्रकाश वस्तीले सञ्चालन गरेको कार्यक्रममा बिष्णुकुमारी पोखरेल, डा मीना उप्रेती, बिजय चालिसे, सुमन वर्षालगायत विभिन्न साहित्यिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।



Source link

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?