spot_img

सरकारले अन्तर्राष्ट्रिय बजारमा मूल्य नघट्दासम्म पेट्रोल नलिने निर्णय गरोस् : शेखर कोइराला



काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पेट्रोलियम पदार्थको मूल्य अचाक्ली भएको भन्दै यसबारे सरकारले उचित निर्णय लिनुपर्ने बताएका छन् ।

उनले जनतालाई महँगीको मारबाट बचाउन र आर्थिक गतिविधि गतिशील बनाउन आग्रह गरेका छन् । यसका लागि सरकारले पेट्रोलियम पदार्थको मूल्य नघट्दासम्म नलिने निर्णय गर्नुपर्ने उनको सुझाव छ ।

आज सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘जनतालाई महंगीको चपेटाबाट बचाउन र आर्थिक गतिविधि गतिशील बनाइराख्न सरकारले पेट्रोलियम पदार्थको मूल्यमा लाग्ने पूर्वाधार कर १० रुपैयाँ, सडक मर्मत कर ४ रुपैयाँ, भन्सार र प्रज्ञापन शुल्क २५.२३ रुपैयाँको आधा १२.६२ रुपैयाँ गरी जम्मा २६.६२ रुपैयाँ प्रतिलिटर अन्तर्राष्ट्रिय बजारमा मूल्य नघट्दासम्म नलिने निर्णय गरोस् ।’



Source link

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्

ताजा अपडेट्स

सम्बन्धित खबर