spot_img

रामायण सर्किटकाे ‘भारत गौरव पर्यटक रेल’लाई जनकपुरधाममा भव्य स्वागत



काठमाडौं । ‘भारत गौरव पर्यटक रेल’ नाम दिइएकाे ‘रामायण सर्किट’ जोड्ने रेल पहिलाेपल्ट नेपाल आइपुगेको छ । गत मंगलबार भारतको नयाँदिल्लीबाट छुटेकाे उक्त रेल बिहीबार बिहीबार दिउँसो १ः४५ बजे जनकपुरधाम आइपुगेको थियाे । आठ हजार किलोमिटरको रामायण सर्किट जाेड्ने उक्त रेल पहिलोपल्ट जनकपुर अाउँदा जनकपुरधाममा भव्य स्वागत गरिएको छ ।

धार्मिक–सांस्कृतिक प्रवर्धनका लागि चल्ने उक्त रेलले बिहीबार ५०० यात्रुलाई लिएर जनकपुर उत्रिएकाे हाे । साे क्रममा जनकपुर रेल्वे स्टेसनमा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, उद्योग पर्यटन तथा वनमन्त्री शत्रुधन महतोलगायतले रेल तथा यात्रुको स्वागत गरेका थिए ।

भारतीय पर्यटकलाइ धार्मिक, सांस्कृतिक स्थल जनकपुरधाम घुमाउने उद्देश्यले उक्त रेल अाएकाे हाे ।  यस प्रकारका गतिविधिले नेपाल–भारत सम्बन्ध थप सुदृढ हुने र धार्मिक पर्यटन समेत बढ्ने मुख्यमन्त्री राउतले  बताए । नेपालको भूभागलाई रामायण सर्किटमा जोड्नुपर्ने विषयमा आफू पहिलेदेखि नै लागिरहेको जानकारी गराउँदै उनले उक्त रेललाइ स्वागत गर्न पाउँदा उत्साह थपिएको समेत बताए ।

रेलमार्फत जनकपुरधाम आएका यात्रुले रामजानकी मन्दिर, गंगा सागरमा हुने गंगा आरती अवलोकनलगायत विभिन्न ठाउँ घुमफिर गर्ने कार्यक्रम छ । यात्रुहरू आज जनकपुरधामबाट सीतामढी प्रस्थान गर्नेबताइएकाे छ ।

रामायण सर्किट धार्मिक-सांस्कृतिक स्थल जाेड्ने रेल मार्ग हाे । ८ हजार किलोमिटर लामो यात्रा गर्न १८ दिनको समय निर्धारण गरिएको छ । यसमा रामपत्नी सीताकाे जन्मस्थल जनकपुरधाम र रामकाे राज्य अयोध्यालाई महत्वका साथ जाेडिएको छ ।



Source link

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर