spot_img

नेपालमा थप ४३ जनामा कोरोना पुष्टि, १४ जना निको भए



काठमाडौं । पछिल्लो समय नेपालमा पुनः कोरोना संक्रमितहरु बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५५५ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार ८५२ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३२ जना र १ हजार ७०३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ११ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ९०९ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप १४ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६७ हजार ३५६ पुगेको छ । हाल नेपालमा १ सय ८१ जना कोरोना संक्रमितहरु विभिन्न आइसोलेशनमा उपचाररत छन् ।



Source link

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर