More

    सहकार्यसहित रणनीतिक योजनाका साथ अगाडि बढ्नुपर्ने नेता खनालको भनाइ

    Must Read

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले क्रान्तिकारी ध्रुवको विकास गरेर अगाडि बढ्नुपर्ने बताएका छन् । पार्टीको चौथो केन्द्रीय कमिटिको बैठकलाई सम्बोधन गर्दै नेता खनालले आफ्नो पार्टीप्रति क्रान्तिकारी तथा इमान्दार कार्यकर्ताको आकर्षण बढेकाले एकीकृत समाजवादीको नेतृत्वमा धार निर्माण गरेर मात्र समाजवादमा पुग्न सकिने बताए ।

    पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले लेनिनको क्रान्तिकारी विचारले भएको क्रान्ति विश्व परिवेशलाई तरङ्गित बनाएको बताउँदै समाजवादी क्रान्तिको बाहक ध्रुवका रूपमा बलियो पार्टी निर्माण गर्नुपर्ने बताए ।

    यो गठबन्धन समाजवादी क्रान्तिसम्म नपुग्ने बताउँदै उनले भने, “मोर्चाबन्दी गर्दा समान विचारबीचमा गर्नुपर्छ । हाम्रोजस्तो देशमा बहुआयामिक वर्गसङ्घर्ष गर्नुपर्ने बेला आएको छ । किसान, महिला, गरिब आदिका विरुद्ध भएका अन्याय, अत्याचारका विरुद्ध सङ्घर्ष गर्नुपर्ने छ । चुनावदेखि चुनावसम्म होइन, संसद्मा पनि जनताका आवाज उठाउनुपर्छ, अनि मात्र क्रान्तिकारी संसदवादी भइन्छ ।”

    तत्कालीन नेकपाको दुईतिहाइको सरकार नभई एउटा गुटको नायकको पक्षपोषण गर्ने सरकार चलाएका कारण सरकारको अन्त्य भएको बताउँदै उनले तत्कालीन सरकारले भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा ल्याइएका जनमुखी कामसमेत कटौती गर्ने हदसम्मको काम गर्न खोजेको आरोप लगाए ।

    नेता खनालले नीति, विचार र सिद्धान्तका कुरा एकातिर थन्क्याएर पार्टीका मूल्य, मान्यता, दृष्टिकोण मिच्ने काम गरेको र दक्षिणपन्थीको मतियार भएका कारण बिद्रोह गर्नुपरेको बताउँदै भने, “ओलीले जो बालुवाटारप्रति बफादार छ, उसैलाई मात्र च्याप्ने काम गरे ।”

    केपी ओली नेतृत्वको सरकारले चार–चारपटक बजेट ल्याउँदासमेत पार्टीलाई जानकारी नगराएको स्मरण गर्दै उनले भने, “त्यतिखेरको प्रतिपक्षी पनि निदाएको थियो । कतिपय नेता त संसद्मै देखिँदैनथे । यस्तो अवस्थामा पनि सहयोग पाइनँ भन्नु पागल–प्रलाप मात्रै थियो । हामी जतिसुकै प्रगतिशील कानुन र एजेण्डा ल्याएर पनि पारित गर्न सक्ने सम्भावनाका नजिक थियौँ ।”

    नवौँ महाधिवेसनमा पार्टीमा दुर्भाग्यपूर्ण परिस्थिति निर्माण भएको बताउँदै उनले भने, “वैचारिक, राजनीतिकरूपमा दक्षिणपन्थी, प्रतिगामी, फुटवादी, गुटवादीका कारण पार्टीमा विद्रोह गर्नुप¥यो ।”

    मुलुकको स्थायित्वका लागि गठबन्धन गरेको उल्लेख गर्दै उनले भने, “कमसेकम हामीले मुलुकको संविधानको रक्षा गरेका हौँ ।” नेता खनालले स्थानीय तह निर्वाचनमा हाम्रा लागि पूर्णरूपले फलदायी नभएकाले आगामी निर्वाचनमा आवश्यकताअनुसार कुनै पनि शक्तिसँग सहकार्य गर्ने रणनीतिक योजनाका साथ अगाडि बढनुपर्नेमा जोड दिए ।



    Source link

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    वीरगञ्ज उद्योग वाणिज्य संघमा वस्तुगततर्फको सदस्यमा हरि पन्त निर्विरोध

    हरि पन्त/फाइल तस्वीर २२ फागुन, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ...

    More Articles Like This