More

    भरतपुरबाट पेस्तोल र दुई राउण्ड गोलीसहित ३२ वर्षीय प्रकाश पक्राउ

    Must Read

    • केदार शर्मा,

    चितवन । चितवनको भरतपुरमा पेस्तोलसहित एक जना युवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका निमित्त कार्यालय प्रमुख डीएसपी नरहरि अधिकारीका अनुसार भरतपुर महानगरपालिका ८ घर भई हाल भरतपुर ५ मा डेरा गरी बस्ने बर्ष ३२ का प्रकाश बिकलाई पक्राउ गरिएको हो ।

    गत जेठ २३ गते जिल्ला भरतपुर–४ बाट कटुवा पेस्तोलसहित भरतपुर–६ बस्ने दीपक पुन मगरलाई फेला पारी प्रहरीले हातहतियार खरखजना कसुरमा अनुसन्धान भइरहेकोमा सोही घटनामा फरार रहेका विकलाई पनि पक्राउ गर्न चितवन प्रहरी सफल भएको हो ।

    विकलाई डेरा कोठामा फेला पारी खानतलाशी गर्ने क्रममा कोठावाट कटुवा पिस्तोल थान–१, गोली २ (दुई) राउन्ड, नगद एक लाख चौध हजार, सुनको लकेटसहितको सिक्री थान–१ (एक) र मोवाइलहरु पाँच वटा समेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

    चितवन अदालतवाट म्याद अनुमति लिइ जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखी हातहतियार खरखजना कसुरमा थप अनुसन्धान कार्य भइरहेको डीएसपी अधिकारीले जानकारी दिए ।



    Source link

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    वीरगञ्ज उद्योग वाणिज्य संघमा वस्तुगततर्फको सदस्यमा हरि पन्त निर्विरोध

    हरि पन्त/फाइल तस्वीर २२ फागुन, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ...

    More Articles Like This