spot_img

राष्ट्रिय सभाबाट बजेट बहुमतले पारित



काठमाडौं । संघीय संसद्, राष्ट्रिय सभाबाट बजेट बहुमतले पारित भएको छ । सोमबार बसेको राष्ट्रिय सभाको बैठकले विनियोजन विधेयक, २०७९ (बजेट)लाई बहुमतले पारित गरेको हो ।

प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेको विनियोजन विधेयकमाथि सांसदहरूले छलफल गरेपश्चात् सांसदहरूले प्रश्न गरेका थिए । सांसदहरुको प्रश्नको जवाफ दिएसँगै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्णयार्थ प्रस्तुत गरेका थिए ।

अध्यक्ष तिमिल्सिनाले बजेट निर्णयार्थ प्रस्तुत गर्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले विरोध गर्दै राष्ट्रिय सभा बैठक बहिष्कार गरेका थिए ।



Source link

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
- Advertisement -
neelamb
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर