काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपक्षेले देश छाडेका छन् । उनी मंगलबार राति मालदिभ्स पुगेको बताइएको छ।
बुधबार राजीनामा दिने घोषणा गरेका उनी अघिल्लो रात परिवारसहित बाहिरिएका हुन् । उनले जुलाइ १३ (आज बुधबारको) को मिति राखेर दुई दिन अघि नै राजीनामा दिएको डेली मिररले जनाएको छ।
राजीनामा दिनुअघि आफ्नो परिवार सकुशल विदेशिने व्यवस्था मिलाउन उनले माग गरेका थिए।
मंगलबार उनका भाइ पूर्ववित्तमन्त्री बासिल राजपक्षेले पनि देश छाड्ने कोशिस गरेका थिए। तर, अध्यागमनका अधिकारीले रोकेका छन्।
प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्