spot_img

    श्रीलंकामा राष्ट्रिय आपत्तकाल घोषणा



     

    काठमाडौं । श्रीलंकामा राष्ट्रिय आपत्तकाल घोषणा गरिएको छ । राष्ट्रपति गोटाबाया राजापक्ष देश छाडेर भागेपछि पछिल्लो अवस्थालाई मध्यनजर गर्दै आपत्काल घोषणा गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

    समाचार संस्था एएफपीसँग प्रधानमन्त्री कार्यालयका प्रवक्ता डिनुक कोलोम्बागेले राष्ट्रपति मुलुकबाहिर रहेकाले देशको पछिल्लो अवस्थाको सामना गर्न आपतकाल घोषणा गरिएको बताएका छन् ।

    मंगलबार राति राष्ट्रपति राजापक्ष सेनाको जहाजमार्फत मालदिभ्सको राजधानी माले पुगेका छन् । राजापाक्ष भागेसँगै श्रीलंकाली शासनमा दसकौंको वंशवाद अन्त्य भएको छ ।

    समाचारमा जनाइएअनुसार राष्ट्रपति राजापाक्ष श्रीमती र २ जना सुरक्षा अधिकारीसँगै मालदिभ्स पुगेका हुन् । श्रीलंकाली वायुसेनाले सरकारको आग्रहमा राष्ट्रपतिलाई जहाज उपलब्ध गराएको बताएको छ ।

    Source link

    प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
    spot_img

    ताजा अपडेट्स

    सम्बन्धित खबर