More

    ओखलढुंगा : अदालतद्वारा लक्ष्यभन्दा बढी मुद्धा फछ्र्यौट

    Must Read

    ओखलढुंगा । उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगाले लक्ष्य भन्दा बढी मुद्धा फछ्र्यौट गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा मुद्धा लगतको आधारमा अदालतले ७५.६४ प्रतिसत मुद्धा फछ्र्यौट गर्ने लक्ष्य राखेकोमा १३०.०४ प्रतिसत मुद्धा फछ्र्यौट गरेको हो ।

    अदालतले आज (शुक्रबार) पत्रकारहरु संग अन्तर्रक्रिया गर्दै चालु आर्थिक वर्षको असार ३१ गतेसम्म २०३ मुद्धा फछ्र्यौट गर्ने लक्ष्य राखेकोमा २६४ थान मुद्धा फछ्र्यौट गरेको तथ्यांक सार्वजनिक गरेको छ । उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुंगाका न्यायाधीश बिरबहादुर डाँगीले लक्ष्य भन्दा ६१ थान मुद्धा फछ्र्यौट गर्न सफल भएको जानकारी दिए ।

    यस आर्थिक वर्षमा गत आर्थिक वर्षमा जिम्मेवारी सरी आएका ७५ र २७४ थान नयाँ दर्ता गरी जम्मा ३४९ मुद्धा दर्ता भएको थियो । त्यसमध्ये अदालतले यस आर्थिक वर्षमा मात्रै २६४ मुद्धा फछ्र्यौट गरेको र बाँकी ८५ वटा मुद्धा रहेको न्यायाधीश डाँगीले बताए । अदालतको तथ्यांक अनुशार आर्थिक वर्ष २०७८/७९ मा अदालतमा १३ प्रकृतिका २२४ थान सरकारवादी फौजदारी मुद्धा दर्ता भएका छन् ।

    जसमा सबैभन्दा बढी जबरजस्ती करणी (हाडनाता करणी समेत) का ६२, जबरजस्ती करणी उद्योग २८, बालयौन दुरुपयोग ६, कर्तव्य ज्यान २७, ज्यान मार्ने उद्योग २५, बहुविवाह १६, बालविवाह २, बन्यजन्तु सम्बन्धी कसुर ७, बनपैदावार हानी नोक्सानी गरेको ३ र गौवध (पशुपंक्षी सम्बन्धी कसुरमा ४ वटा मुद्धा दर्ता भएका थिए ।

    त्यस्तै आपराधिक उपद्रव ५, अभद्र व्यवहार १, आपराधिक विश्वासघात २, ठगी १, किर्ते २, चोरी १७, मानव बेचविखन तथा ओसारपसार २, शरिर बन्धक तथा अपहरण ४, सवारी ज्यान तथा अंगभंग ४, अवैध हातहतियार ५ र अप्राकृतिक मैथुन सम्बन्धी १ वटा मुद्धा दर्ता भएका छन ।

    त्यस्तै दुनियावादी देवानी २०, दुनियावादी फौजदारी ५, रिट २३ र शुरु क्षेत्राधिकार २ थान रहेका छन । फर्यौट गर्न बाँकी ८५ मुद्धा मध्ये १ वर्ष नाघेको कुनै पनि मुद्धा नरहेको अदालतले जनाएको छ ।
    उच्च अदालत विराटनगर अस्थयी इजलास ओखलढुंगाले ओखलढुंगा, खोटाङ र सोलुखुम्बु गरी ३ जिल्लाको मुद्धा हेर्दै आएको छ ।



    Source link

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    वीरगञ्ज उद्योग वाणिज्य संघमा वस्तुगततर्फको सदस्यमा हरि पन्त निर्विरोध

    हरि पन्त/फाइल तस्वीर २२ फागुन, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ...

    More Articles Like This