More

    रौतहटको नुनथरस्थित बागमतीमा डुबेर एकजना बेपत्ता

    Must Read

    • अनमोल कार्की,

    रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–१ मा रहेको नुनथरस्थित बागमती नदीमा डुबेर एकजना बेपत्ता भएका छन् । शुक्रबार धनुषा जिल्लाको क्षिरेश्वर नगरपालिका–५ बाट आफ्ना परिवारका सदस्यहरुसँग पिकनिक खान नुनथर आएका २० वर्षीय पारश यादव नदीमा डुबेर बेपत्ता भएका सशस्त्र प्रहरी वेश क्याम्प सन्तपुरका प्रमुख प्रहरी नायव उपरीक्षक योगराज दाहालले जानकारी दिए ।

    उनका अनुसार बुबा आमासहित पिकनिक खान आएका यादवसहित अन्य दुई जना पौडी खेल्न साझ साढे पाँच बजेतिर बागमती नदीमा छिरेका थिए । तीनजना मध्ये महाराजा जैसवार र अमर यादवन पौडिएर बाहिर निस्कन सफल भ‌एका थिए भने यादव भने नदीमा डुबेर वेपत्ता भएका थिए ‌।

    वेपत्ता भएका यादवको खोजीका लागि घटनाको जानकारी पाउने बित्तिकै नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले पुगी विभिन्न स्थानमा खोजी गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए ।

    शुक्रबार रात परेकाले खोजी कार्य स्थगित भएको र शनिबार बिहान सबेरैदेखि खोजी कार्य सुरु गरिने प्रहरीले जनाएको छ ।



    Source link

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    चरेससहित एकजना पक्राउ

    वीरगंज, १३ चैत । जिल्ला प्रहरी कार्यालय, पर्साले लागु औषध चरेश सहित एक जना मानिसलाई पक्राउ गरेको जनाएको छ...

    More Articles Like This