More

    उपरथी थापा युएन मिसनको फोर्स कमान्डर नियुक्त

    Must Read

    काठमाडौं । संयुक्त राष्ट्र सङ्घ (युएन)ले नेपाली सेनाका उपरथी निर्मल कुमार थापालाई शुक्रबार फोर्स कमान्डर नियुक्त गरेको छ ।

    युएनका महासचिव एन्टोनियो गुटेरेसले गुटेरेसले थापालाई सिरिया र इजरायलबिचको विवादित क्षेत्र गोलान हाइटमा ४० भन्दा बढी मुलुकका शान्ति सैनिकहरूलाई ‘युएन डिसइन्गेजमेन्ट अब्जर्भर फोर्स’ को नेतृत्व गर्ने गरी फोर्स कमान्डर नियुक्त गरेको हो ।

    शान्ति मिसनको दुई वर्षे जिम्मेवारी पूरा गरेर फर्किसकेका नेपाली सेनाका रथी ईश्वर हमालको ठाउँमा थापाले गएर काम गर्नेछन् ।

    सैनिक मुख्यालयको युद्ध महानिर्देशनालयको महानिर्देशकका रूपमा कार्यरत उपरथी थापालाई नेपाली सेनाको सिफारिसमा सरकारले फोर्स कमान्डरका स्वीकृति दिएको थियो । विश्व शान्तिका लागि सेना पठाउने देशमध्ये नेपाल दोस्रो नम्बरमा छ ।



    Source link

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    वीरगञ्ज उद्योग वाणिज्य संघमा वस्तुगततर्फको सदस्यमा हरि पन्त निर्विरोध

    हरि पन्त/फाइल तस्वीर २२ फागुन, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ...

    More Articles Like This