More

    कोरोना संक्रमण केही बृद्धि भएपनि त्यसलाई नियन्त्रण गर्न सरकार सक्षम छ : स्वास्थ्यमन्त्री खापुङ

    Must Read

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले कोभिड संक्रमणमा केही बृद्धि भएपनि त्यसलाई नियन्त्रण गर्न सरकार सक्षम रहेको बताएका छन् । कोभिड महामारीको संक्रमण पछिल्लो समय बढेर गईरहँदा मन्त्री खापुङले त्यसलाई नियन्त्रण गर्न नेपाल सरकार सक्षम रहेको दाबी गरेका हुन् ।

    चिकित्सा शाष्त्र अध्ययन संस्थानले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कोभिड विरुद्धको खोप लगाउन छुटेकाहरुलाई नजिकको स्वास्थ्य संस्थामा गई लगाउन पनि आग्रह गरे । त्यस अवसरमा मन्त्री खापुङले कोभिड महामारीको दरमा पछिल्लो समय केही बृद्धि भएको उल्लेख गर्दै स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर त्यसको संक्रमणबाट बच्न पनि सबैलाई आह्वान गरे ।

    उनले भने, ‘म सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सरकारले घोषणा गरेको स्वास्थ्य मापदण्ड अपनाउनका लागि हार्दिक आह्वान गर्न चाहन्छु । अहिलेसम्म ११ हजार, ९५२ जना नेपालीहरुको कोरानाको कारण मृत्यवरण गर्नु परेको छ । र, आगामी दिनमा कोरोना वृद्धि भएपनि हामी नियन्त्रण गर्न सफल हुनेछौं । र, यसका कारण एक जना पनिको पनि ज्यान जान नपाओस् भन्ने कुरामा सरकार सजग छ ।’

    उनले थप भनेका छन्, ‘विश्वव्यापी रुपमा फैलिएको यो रोगको विरुद्धको खोप कार्यक्रममा पनि नेपालले सफलता प्राप्त गरेको छ । कहीँकतै दूरदराजमा सो खोप लगाउन कोही छुट्नु भएको छ भने नजिकको स्वास्थ्य चौंकीमा गएर लगाउनका लागि पनि म हार्दिक आग्रह गर्दछु ।’

    मन्त्री खापुङले कोभिडका कारण एक जनाको पनि ज्यान जान नदिन सरकार सजग रहेको पटकपटक दोहो¥याए । सरकारी तथ्यांक अनुसार हालसम्म नेपालमा कोभिडका कारण ११ हजार ९५२ जनाले ज्यान गुमाउनु परेको छ ।



    Source link

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    वीरगञ्ज उद्योग वाणिज्य संघमा वस्तुगततर्फको सदस्यमा हरि पन्त निर्विरोध

    हरि पन्त/फाइल तस्वीर २२ फागुन, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ...

    More Articles Like This