More

    समयअनुसार लगानीमैत्री नीतिनियम र कानून व्यवस्थापन गर्न आवश्यक : उपसभामुख भुसाल

    Must Read

    काठमाडौं । उपसभामुख पुष्पा भुसालले मुलुकको विकासका लागि बलियो अर्थनीति आवश्यक रहेको बताएकी छन् । पर्साको वीरगञ्जमा उद्योग वाणिज्य सङ्घद्वारा आज यहाँ आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा उपसभामुख भुसालले स्वदेशी वा विदेशी दुवै लगानी सुरक्षित गर्न पनि बलियो अर्थनीति आवश्यक रहेको बताइन् ।

    नेपालमा विदेशी लगानी भित्र्याउन लालायीत हुने अवस्था सिर्जना भएको जिकिर गर्दै उपसभामुख भुसालले समयअनुसार लगानीमैत्री नीतिनियम र कानून व्यवस्थापन गर्न आवश्यक रहेको बताइन् ।

    निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणपश्चात् देशको आर्थिक विकासमा टेवा पुग्ने दाबी गर्दै उपसभामुख भुसालले प्रदेशमा गुरुयोजना बनाएर पूर्वाधार विकासमा प्राथमिकता दिनुपर्नेमा जोड दिइन् ।

    सो क्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा सुवोधकुमार गुप्ताले समग्र मधेस प्रदेशको औद्योगिक अवस्थाबारे उपसभामुख भुसाललाई जानकारी गराएका थिए ।



    Source link

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    वीरगञ्ज उद्योग वाणिज्य संघमा वस्तुगततर्फको सदस्यमा हरि पन्त निर्विरोध

    हरि पन्त/फाइल तस्वीर २२ फागुन, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ...

    More Articles Like This