More

    नागरिकता जस्तो संवेदनशील विषयमा सरकारले अध्यादेश मात्रै ल्याएर हुँदैन : गृहमन्त्री खाँण

    Must Read

    रुपन्देही । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता जस्तो संवेदनशील विषयमा सरकारले अध्यादेश मात्रै ल्याएर नहुने बताएका छन् । उक्त विधयेक बन्नुपर्ने र संसदबाटै पारित हुनुपर्छ भन्ने काँग्रेसले विगतदेखि नै बताउँदै आएकाले सोही अनुसार गरिएको उनले बताए ।

    शुक्रबार रुपन्देही जिल्लालाई पूर्ण खोप घोषणा गर्दै गृहमन्त्री खाँणले सरकार नागरिकको जीवन रक्षामा कटिबद्ध हुनुपर्ने बताए । प्रतिपक्षले लामो समय संसद चल्न नदिएको र संसद चलेपछि सबैको सहकार्यमा नागरिकता विधयेक पारित गरिएको बताए ।

    उनले पूर्ववर्ती सरकारले ल्याएकै विधेयकअनुसार सबैको सहमतिमा नागरिक विधयेक पारित भएको दाबी गरे । वर्तमान गठबन्धन सरकार बनेपछि हरेक नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने वातावरण मिलाएको पनि गृहमन्त्री खाँणले बताए ।

    कार्यक्रममा रुपन्देहीलाई १२ वर्ष उमेर माथिको कोभिड–१९ विरुद्ध पहिलो शृङ्खलाको पूर्ण खोप तथा १५ महिनासम्मको बालबालिकाहरुको पूर्ण खोप दिगोपना सुनिश्चितता जिल्ला घोषणा गरिएको छ ।

     



    Source link

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    चरेससहित एकजना पक्राउ

    वीरगंज, १३ चैत । जिल्ला प्रहरी कार्यालय, पर्साले लागु औषध चरेश सहित एक जना मानिसलाई पक्राउ गरेको जनाएको छ...

    More Articles Like This