More

    रुकुम (पूर्व) दुर्घटना अपडेट : घाइतेको उपचार नेपालगञ्ज र कोहलपुरमा हुँदै

    Must Read

    रुकुम (पूर्व) । रुकुम (पूर्व)को पुथा उत्तरगङ्गा गाउँपालिका–११ तल्लोसेरामा भएको प्रहरीको भ्यान दुर्घटनामा परी घाइते भएका सबैलाई हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको छ ।

    सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकप्टरमार्फत सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रवीन्द्र श्रेष्ठ, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगी, चालक प्रहरी हवल्दार कुमारसिंह डाँगी, प्रहरी जवान सन्तोष बुढामगर र इन्द्र घर्तीलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको प्रहरीले जनाएको छ ।

    पहिलो चरणमा सशस्त्र प्रहरीका प्रनाउ श्रेष्ठसहित चालक प्रहरी हवल्दार डाँगी, प्रहरी जवान बुढामगरलाई नेपालगञ्ज लगिएको थियो भने दोस्रो चरणमा नेपाल प्रहरीका प्रनाउ डाँगी र प्रहरी जवान घर्तीलाई नेपालगञ्ज लगिएको हो । अर्का प्रहरी जवान लक्ष्मण पुनलाई पनि नेपालगञ्ज लगिएको छ । उनलाई त्यहाँ लग्ने वित्तिकै अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

    अहिले प्रनाउ डाँगीको शिक्षण अस्पताल बाँके र सशस्त्र प्रहरीका प्रनाउ क्षेष्ठको सशस्त्र प्रहरी बल अस्पताल नौबास्ता बाँकेमा उपचार भइरहेको छ भने अन्यको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।

    आज जिल्ला सदरमुकाम रुकुमकोटबाट पुथा उत्तरगङ्गा गाउँपालिकाको तकसेरातर्फ जाँदै गरेको नेपाल प्रहरीको भ्यान तल्लोसेरा गाउँ नजिकै दुर्घटना भएको थियो । गाडी सडकबाट करिब एक सय मिटर तल खसेको बताइएको छ ।



    Source link

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    वीरगञ्ज उद्योग वाणिज्य संघमा वस्तुगततर्फको सदस्यमा हरि पन्त निर्विरोध

    हरि पन्त/फाइल तस्वीर २२ फागुन, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ...

    More Articles Like This