spot_img

वन मन्त्रालयका काम कारवाहीलाई थप प्रभावकारी बनाउँछौँ : मन्त्री यादव



काठमाडौँ, ३१ साउन । वन तथा वातावरणमन्त्री प्रदीप यादवले मन्त्रालयले गर्दै आएका विकासका काम कारवाहीलाई थप प्रभावकारी बनाइने बताउनु भएको छ ।
मन्त्रालयद्धारा आज आयोजना गरिएको सङ्घीयतामा वन तथा वातावरण : समस्या र समाधानका उपायहरु सम्बन्धी बैठकमा आफ्ना भनाई राख्नुहुँदै मन्त्री यादवले मन्त्रालयद्वारा गरिँदै आएका विकास निर्माणका काहरुलाई थप प्रभावकारी बनाउँदै देशको अर्थतन्त्रमा योगदान पुर्‍याइने खालका काम र योजनाहरु अघि सारीने बताउनुभयो ।
उहाँले भन्नुभयो, “वन तथा वातावरण मन्त्रालयको काम कारवाहीलाई थप प्रभावकारी बनाउँदै देशको अर्थतन्त्रमा योगदान पुर्‍याउने खालका योजनाहरु अघि सारीने छ, स्वदेशको काठ उत्पादनलाई बढाउने र विदेशी काठ आयातलाई प्रतिस्थापन गरिने छ ।”
आगामी तिन वर्षभित्र नेपालमा काठ आयातलाई पूर्णरुपले अन्त्य गर्ने हिसाबले काम अगाडि बढाउँन मन्त्री यादवले कर्मचारीहरुलाई निर्देशन पनि दिनुभयो । त्यसकासाथै उहाँले नेपाल सरकारका मन्त्रालय र मातहातका निकायहरुमासमेत नेपालका वन जङ्गलको काठ प्रयोग गर्न प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।
यसैगरी मन्त्री यादवले सात वटै प्रदेशका मन्त्रालयहरुसँग समन्वय गरेर समग्रमा वन, जङ्गल र वन्यजन्तुको संरक्षण तथा प्रवद्धन गर्न, मानव र वन्यजन्तुका विच हुने द्वन्द्वलाई सधैका लागि अन्त्य गर्न आवश्यक समाधान खोजिने जानकारी दिनुभयो ।
यादवले मन्त्रालयमा भएका विभिन्न कानूनी अड्चनहरुको निक्र्योल निकाल्न र मुख्यतः यस क्षेत्रमा लामो समयदेखि काम गरिरहनु भएका कर्मचारीहरुसँग उहाँहरुका अनुभव साझा गर्दै आगामी दिनको कार्यदिशा तय गरिने बताउनुभयो । उहाँले कार्यक्रममा आएका कुराहरुको सुझावहरुलाई आफुले गम्भीरतापूर्वक लिई कार्यान्वयमा ल्याइने जानकारी गराउनुभयो ।
कार्यक्रममा मन्त्रालयका सचिव डा. पेम नारायण कँडेल, सात वटै प्रदेशबाट सम्बन्धित मन्त्रालयका सचिव र कर्मचारी, मन्त्रालय मातहातमा रहेका विभिन्न महाशाखा र विभागका कर्मचारीहरुको सहभागिता थियो ।

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर