spot_img

वीरगंज हेल्थ केयरका संचालक र डा. अंसारी माथि कारबाईको माग गर्दै प्रदर्शन, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय घेराउ



वीरगंज, ५ भदौ । वीरगंज हेल्थ केयरका संचालक र डा. अंसारी माथि कारबाईको माग गर्दै घन्टाघरमा प्रर्दशन, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय घेराउ गरिएको छ । वीरगञ्ज हेल्थ केयर हस्पिटलले उपचारमा लापरवाही गरेको भन्दै बिरामीका आफन्तजनले आज प्रदर्शन गरेका छन् । पर्साको छिपहरमाई गाउँँपालिका वडा नम्बर २ चेर्गाहा निवासी ३२ वर्षीय फिरोज मियाँँ अन्सारीको उपचारमा लापरवाही गर्ने अस्पताल र चिकित्सकलाई कारबाईको माग गर्दै बिरामीका परिवारले प्रदर्शन गरेका हुन् । वीरगञ्जको घण्टाघरमा विरोध प्रदर्शन गर्दै अस्पताल र शल्यक्रिया गर्ने चिकित्सक जेनरल तथा लेप्रोस्कोपिक सर्जन डा. आसीफ अंसारीको विरूद्धमा नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय पर्साको प्राङ्गणमा २ घण्टा धर्ना दिएका छन् । वीरगञ्ज हेल्थ केयर हस्पिटलका सञ्चालक डा. अबुलहैस अन्सारीलाई र शल्यक्रिया गर्ने चिकित्सक डा. आसीफ अन्सारीलई पक्राउ गरेर कारबाई गर्नुपर्ने उनीहरूको माग छ । ‘वीरगञ्ज हेल्थ केयर हस्पिटल मुर्दावाद, डाक्टर होइन हत्यारा हो, डाक्टर आसीफलाई जेल गर’ लगायतका नाराहरू लेखिएको ब्यानर बोकेर उनीहरू धर्नामा बसेका छन् । ३ दिन अघि नेपाल पत्रकार महासंघमा पत्रकार सम्मेलन गरेर चिकित्सक र अस्पताल सञ्चालकलाई पक्राउ गर्न माग गरेका उनीहरूले आइतवारदेखि धर्नामा बस्ने चेतावनी दिएका थिए । धर्नालाई निरन्तरता दिने र विरोधको स्वरूप परिवर्तन गर्दै जाने बिरामीका दाई मुम्ताज अन्सारीले बताए । गत साउन २६ गते सो हस्पिटलमा भर्ना भएका अन्सारीको पहिलो शल्यक्रिया डा. अन्सारीले नै असफल बनाएको र दोस्रो शल्यक्रियाका क्रममा भित्रि नसा काटिएर अनियन्त्रीत रक्तश्राव हुँदा विरामीको अवस्था झन विग्रीएको बिरामीका दाई मम्ताजले बताए । मम्ताजका अनुसार बिरामी फिरोजको स्वास्थ्य अवस्था चिन्ताजनक भएपछि अहिले काठमाण्डौको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । विरोध प्रदर्शनमा नेपाली कांग्रेस पर्साका नवीन सिंहलगायतको उपस्थिति थियो ।
[image: width=] <www.avast.com/sig-email?utm_medium=email&utm_source=link&utm_campaign=sig-email&utm_content=webmail> Virus-free.www.avast.com <www.avast.com/sig-email?utm_medium=email&utm_source=link&utm_campaign=sig-email&utm_content=webmail> <#DAB4FAD8-2DD7-40BB-A1B8-4E2AA1F9FDF2>

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर