More

    कृषि औजार कारखाना सञ्चालनका लागि युवाहरुद्वारा सरसफाई

    Must Read

    वीरगंज, १७ कात्तिक । वीरगंजको कृषि औजार कारखाना सञ्चालनका लागि नेपाल सरकार र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता भएपछि केन्द्रका अध्यक्ष महाविर पुनले सबै पक्षलाई सहयोग गर्न अपिल गरेका छन् । उनको अपील सुनेर वीरगंजका युवा समुदाय जुर्मुराएका छन् । वीरगंजको परिवर्तन नेपाल फाउण्डेशनमा आबद्ध युवाहरूले कृषि औजार कारखानमा सरसफाई सहयोग गरेका हुन् । फाउण्डेशनका युवाहरूले आज कृषि औजार कारखानामा रहेका सामानहरू व्यवस्थित स्थानमा राख्ने र कारखाना भित्र उम्रिएका झारपातहरू उखेलेर सफा गरेका छन् । परिवर्तन नेपाल फाउण्डेशनका युवाहरूले सरसफाई गरेको फोटो राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा.महाविर पुनले सामाजिक सञ्जाल फेसबुमा पनि राखेका छन् । सरसफाई कार्यक्रममा फाउन्डेसनका अध्यक्ष रणधिर बर्णवाल, सचिव विशेष साह, कोषाध्यक्ष सुशील पटेल, संचालन प्रमुख अतुल कुमार, ब्यावस्थापन प्रमुख सोनू पटेल, करुानूनी सल्लाहकार अनिल साह, सदस्य अनिकेत पटेल, समान पटेल, सागर साह, आशीष साह लगायतका युवा तथा सदस्यहरूको सहभागीता रहेको थियो ।

    Website | + posts

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    - Advertisement -spot_img

    Latest News

    वीरगञ्ज उद्योग वाणिज्य संघमा वस्तुगततर्फको सदस्यमा हरि पन्त निर्विरोध

    हरि पन्त/फाइल तस्वीर २२ फागुन, वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको छ...

    More Articles Like This