मुलुकको हरेक खबर

कृषि औजार कारखाना सञ्चालनका लागि युवाहरुद्वारा सरसफाई

@mulukdarpan
२०७९ कार्तिक १७, बिहीबार १०:४४
वीरगंज, १७ कात्तिक । वीरगंजको कृषि औजार कारखाना सञ्चालनका लागि नेपाल सरकार र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता भएपछि केन्द्रका अध्यक्ष महाविर पुनले सबै पक्षलाई सहयोग गर्न अपिल गरेका छन् । उनको अपील सुनेर वीरगंजका युवा समुदाय जुर्मुराएका छन् । वीरगंजको परिवर्तन नेपाल फाउण्डेशनमा आबद्ध युवाहरूले कृषि औजार कारखानमा सरसफाई सहयोग गरेका हुन् । फाउण्डेशनका युवाहरूले आज कृषि औजार कारखानामा रहेका सामानहरू व्यवस्थित स्थानमा राख्ने र कारखाना भित्र उम्रिएका झारपातहरू उखेलेर सफा गरेका छन् । परिवर्तन नेपाल फाउण्डेशनका युवाहरूले सरसफाई गरेको फोटो राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा.महाविर पुनले सामाजिक सञ्जाल फेसबुमा पनि राखेका छन् । सरसफाई कार्यक्रममा फाउन्डेसनका अध्यक्ष रणधिर बर्णवाल, सचिव विशेष साह, कोषाध्यक्ष सुशील पटेल, संचालन प्रमुख अतुल कुमार, ब्यावस्थापन प्रमुख सोनू पटेल, करुानूनी सल्लाहकार अनिल साह, सदस्य अनिकेत पटेल, समान पटेल, सागर साह, आशीष साह लगायतका युवा तथा सदस्यहरूको सहभागीता रहेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?