spot_img

प्रचण्ड प्रधानमन्त्री बनेको खुशीयालीमा छिपहरमाई गापामा खुशीयाली मनाइयो



पर्सा, ११ पुस । पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री बन्नुभएकोमा नेकपा माओवादीले पर्साको छिपहरमाई गाउँपालिकामा खुशीयाली मनाएको छ । सोमवार छिपहरमाई गापाको सदरमुकाम भिस्वा चोकमा नेकपा माओवादी केन्द्रका युवा नेता शाहरूख मन्सुरीको अध्यक्षता कार्यक्रम भएको थियो । कार्यक्रममा नेता मन्सुरीले मैनबत्ती बालेर, पटाका पडकाई प्रधानमन्त्री प्रचण्डलाई बधाई दिएका थिए । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको सपथ लिनु भएको र नेकपा माओवादी केन्द्रको सरकार बनेको खुशीमा युवा नेता मन्सुरीले अबिरबाट र मैनबत्तीबाट गोलो आकारभित्र हँसिया हथौडा बनाई कार्यक्रमको उदघाटन गरेका थिए । नेता मन्सुरीले मन्तव्यको क्रममा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन गठबन्धन सरकारले सहयोग गरेकोमा धन्यवाद दिंदै नेपालको संविधान बचाउन र संविधानको रक्षा तथा देशलाई विकासतर्पm लैजानुपर्नेमा जोड दिए । देशको नयाँ मुहार फेर्न र मधेशी दलित मुस्लिम आदिवासीको हक अधिकारका लागि सरकारले तदारुकताका साथ कार्य गर्नुपर्ने बताए । उनले युवाहरूको रोजगारको लागि नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाहेक कुनै विकल्प नरहेको बताए । कार्यक्रममा नेताहरु शेख अरमान, हिमाञ्चल कुशवाहा, साहबजान मियाँँ, रमेश चौरसिया, विश्वनाथ पटेललगायत नेकपा माओवादी केन्द्रका नेता तथा स्थानीयवासीहरुको सहभागिता थियो ।

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर