spot_img

वीरगंज बजार अनुगमनलाई अझ तिब्रता दिने निर्णय



वीरगंज, १८ माघ
वीरगंज महानगरपालिकाले बजार अनुमगनलाई अझ तिब्रता दिने भएको छ । बुधवार महानगरको बजार व्यवस्थापन तथा अनुगमन समितिको बसेको बैठकले बजार अनुगमनलाई अझ तिब्रता दिदै प्रभावकारी बनाउने निर्णय गरेको हो ।

वीरगंज बजार अनुगमन समितिको संयोजक उपमेयर इम्तियाज आलमको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो। बैठकमा हाल भैरहेको बजार अनुगमनलाई अझ तिब्रता दिदै खाद्यान्न पसलहरू एबम होटलहरूमा म्याद गुज्रिएका, सडेका एबम अखाद्य बस्तुहरू पाइएमा सम्बन्धीत ब्यापारिक प्रतिष्ठान लाई कारबाईको दायरामा ल्याउने निर्णय गरिएको छ ।

बैठकमा वीरगंज उद्योग बाणिज्य संघका प्रतिनिधि, होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष हरि पन्त, वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक विशाल मल्ल, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, बाणिज्य कार्यालयका प्रतिनिधि लगायत वीरगंज महानगरपालिकाको कार्यपालिका सदस्य कन्हैया ठाकुरका साथै सरोकारवाा संघसंस्था र निकायका प्रतिनिधीहरूको पनि सहभागीता थियो ।

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर