अनिल तिवारी
जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका बारा क्षेत्र नम्ब २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार उपेन्द्र यादव संघीयता र लोकतन्त्रको रक्षाका लागि आफुलाई मतदिन जनतालाई आग्रह गरिरहेका छन ।वाराको चुनावी दंगलमा आफु सघीयता र गणतन्त्रको पक्षधर भएको बताउदै संबिधानका रक्षाको लागी पनि आफ्नो जितको आवश्यकता रहेको उनको चुनावी नारा रहेको छ ।मधेसका आमजनताले परिवर्तनको पक्षमा मतदान गर्नुपर्ने अहिलेको आवश्यकता समेत रहको उनको जिकिर रहेको छ ।
विगतको चुनावमा ओलीसंग लहसिएर सप्तरीको क्षेत्र नम्बर २बाट दोब्बर मतले हारको यादव जातिय मतको भरमा बाराको क्षेत्र नम्बर २बाट संसदमा पुग्ने दाउ लगाउन सफल भएका छन ।तर बाराको चुनाव उनलाई फलामको चिउरा चप्पाउनु जस्तै बनेको छ ।
यतिमात्र होइन संघिय सरकारमा पाएको दुइ मन्त्रीको भागबन्डामा आफु चुनाव जितनैका लागी मन्त्रीमन्डल बिस्तार समेत रोकेर राखेका छन ।के चुनाव जिते भने पुन सरकारमा उपप्रधानमन्त्री बन्ने दाउमा अध्यक्ष यादव आफै रहेको आशका पनि रहेको छ । तर वाराको चुनाव उनीलाई त्यति सजिलो देखिएको छैन । चुनाव जिते भने उपप्रधान सहितको मन्त्री र चुनाव हारे भने नैतिक्ताको आधारमा अध्यक्षबाट राजिनामा देलान त ? पार्टि भित्र भूषको आगो जस्तै सलकिदै गइरहेको यो प्रश्न पनि हो ?त्यबाट उत्सर्जित आन्तरिक बिद्रोहको पनि आउने समयमा उनेल सामना गर्नुपर्ने निश्चित छ ।
बारा २ का जनता परिवर्तनको पक्षमा र प्राप्त उपलब्धिहरुको रक्षाका लागि मतदान गरेर मुहतोड जवाफ दिनैपर्दछ ।’ यदवले एक कोण सभालाई सम्बोधन गर्दै भने,‘परिवर्तन देख्न नचाहने कुतत्वहरूले फेरि राजा ल्याउने षडयन्त्र गरिरहेकोले संघीयता माथि प्रहार गरेर अगाडि बढ्न दाउमा रहेको कुरा आम जनताले बुझनु पर्दछ ।’
तेस्रो मधेस बिद्रोहको संज्ञा दिइएको पछिल्लो पटकको आन्दोलनलाई पाँच वर्ष पछाडि फर्केर हेर्दा त्यसले देशलाई र मधेसलाई के दियो भन्ने सवाल आम मधेसीको ? त्यसमा पनि मधेस प्रदेशमा सघिय सरकारमा उपेन्द्र यादवको पार्टि निरन्तर रहदै आयो । तर मधेसी जनता वा मधेस आन्दोलनमा सहादत परिवारले के पाए ? परिणाम स्वरुप उपेन्द्र यादव र जसपासंग मधेसको मोह भंग भएको छ । जसको परिणाम बितेको चुनावमा उपेन्द्र यादव र उनका पार्टिले बेहोरी सकेको छ ।
जो मधेस विद्रोहमा होमिए, कुटिए, राज्यको दमनले अंग गुमाए र परिवारका आत्मीय सदस्य गुमाए ती सर्वसाधारण भने ठगिएको महसुस गर्छन् । त्यसले गर्दा मधेसी र थारू समुदायमा रहेको असन्तुष्टि र मुद्दा बाँकी रहेसम्म अर्को आन्दोलन पनि बाँकी छ जस्तो धेरैलाई लाग्छ ।
तर मधेसी दलले देखाएको पांच बर्षको नाताबाद,क्रिपावाद ,पैसावाद,सत्तावाद र परिवर्तनबादले मधेसमा मधेसी दल र नेताप्रति ठुलो घृणा शृजना गरेको छ । त्यसमा पनि सबै भन्दा बढी मधेस बिरोधी ,प्रतिगमणकारी लगायतका विभिन्न आरोप लगाउने तर फेरि सत्ताको लागी ओली,देउवा र प्रचन्डसंगको लगनगाडो जोडि हिड्ने उपेन्द्र यादव बाराबाट चुनाव जित्ने सम्भावना न्यून नै छ ।यधपि सत्ताधारी सबै दलका नेताहरु उपेन्द्र यावदलाई चुनाव जिताउन कसिएर होमिएका छन ।यतिमात्र होइन विगतमा पार्टिबाट गल्हत्याएर निकालेका महन्थ ठाकुरको लोसपा समेत उपेन्द्र यादवलाई चुनाव जिताएर गुण लगाउने अभियानमा लागेको छ ।
समय सापेक्ष राजनैतिक रणनिति र बोली जति फेरिए पनि गएको पांच बर्षको मधेस प्रदेश सरकारले गरेको हरेक भ्रष्टाचारका साक्षी उपेन्द्र यादव रहेको आरोपलाई नर्कान सकिदैन छ । उनका मुख्यमन्त्री लालबाबुको कार्यालयबाट चलेको हरेक कार्यक्रमहरु,बेटि बचाउ, बेटि पढाउ,मुख्यमन्त्री स्वच्छता अभियान,छोरी बिमा कार्यक्रम लगायतका सबै कार्यक्रमहरुका फाइलहरु अख्तियार अनुशन्धान आयोगले तानेको छ । साइकल खरिदमा भएको भ्रष्ट्रचारको मुदाबाट लालबाबुलाई उन्मुक्ती दिन भए भरको यादवले सत्ताधारी गठबन्धनको प्रयोग गरेको आरोप पनि छ । साइकल खरिद कान्डमा भएको भ्रष्ट्राचारको फाइलमा रहेका कागजहरु स्वयम मुख्यमन्त्रीले गायब गरेको आरोप लगायत प्रदेश सकारले भ्रष्ट्राचारको इतिाहास नै रचेकोले पनि अहिले उपेन्द्र यादवले भने जस्तै संघियता बिरोधी तत्वहरु सलबालाएका हुन ।तर राजतन्त्रको पक्षमा उठने नाराका मुख्य कारक तत्व प्रदेश वा स्थानिय सरकारमा भएको भ्रष्ट्राचार हो कि होइन ?यसको जवाफ उपेन्द्र यादवले दिने कि नदिने ?
गएको स्थानिय,प्रदेश र संघीय सरकारमा दलहरुले गरेको गठबन्धनले मतदाता बिचको राजनैतिक वादलाई समाप्त पारेको छ ।खास गरेर मधेसको मतदातामा उम्मेदवारको चरित्र,दोश्रो जातिवाद र तेश्रो मासुवाद,रक्सिबाद र पैसावाद देखिएको छ । जातीय अनुकूलतालाई नै मध्यनजर गर्दै उपेन्द्र यादव बाराको चुनावमा होमिएका पनि हुन । जातिवादको उर्वर भुमी ठानेर नै उपेन्द्र यादव सप्तरी पहिला सप्तरी अहिले बारा आउनु भएको छ । उपेन्द्र यादवले सप्तरीलाई जातीय उन्मादमा झोस्नसम्म झोस्नु भयो ।
सप्तरीमा उपेन्द्रजीको पदार्पण भएपछि पूरानो संसदकालमा जुन जातीय राजनीति लगभग समाप्त भइसकेको थियो, ह््वात्तै बढ्यो । ठिक अहिले बाराको चुनावी अवस्था पनि त्यस्तै देखिदै छ ।
अहिले यादवको बिरूद्ध पचपनीया, पचपनीया बिरूद्ध यादवको द्वन्दका चुनावी मुदाहरु जोडतोडका साथ उठि रहेका छन ।
पूर्णरुपमा उहाँको चुनावी अभियानको दिशा नै यस्तै भइरहेको छ । जातिवादी राजनीतिले जहाँ पनि आमजनताको मूल समस्यालाई ओझेलमा पार्दछ । जातिवादी राजनीति हावी भएपछि जनताका मूल समस्याबाट दलहरुको ध्यान हटेको छ र भावनात्मक कुराहरुमा बढी ध्यान गएको छ । यसले गर्दा मधेशमा अहिले मधेशका मुद्दाहरु समाप्त भएर गएको छ । मधेशका मुद्दाहरु बारे कतै कुनै चर्चा छैन । यिनीहरु चुनावमा उठेर, जितेर मधेशका सवालहरु अगाडि बढाउलान्, हामीलाई हकअधिकार दिलाउने कुरामा कुनै विश्वास छैन । यिनीहरु चुनावमा जितेपछि आ–आफ्ना समुदाय र जातका सांसद उप्रधामन्त्री,मन्त्री र मुख्यमन्त्री बन्ने देखिएको छ । बि.स. २०६४ को आन्दोलनमा सारा मधेशीहरु मधेशको सवाललाई लिएर अगाडि बढेको समाज अहिले जातीय रुपमा पूरै विभाजित भएको छ ।