spot_img

शिवचन्द्र कुशवाहसहित पाँचजना नेतामाथि कारबाइ



वीरगंज, ४ साउन । जनमत पार्टीले अनुशासन उल्लंघन गरेको आरोपमा शिवचन्द कुशवाहासहित ५ जना नेतालाई कारबाई गरेको छ । कारबाईमा पर्नेहरूमा बाराका शिवचन्द्र कुशवाहा, सप्तरीका गुलाब मण्डल, सप्तरीका शंकर खड्का, रूपन्देहीका भोपेन्द्र यादव र कपिलवस्तुका भगवान दास यादव रहेका छन् ।
माओवादी केन्द्र त्यागेर जनमत पार्टीमा प्रवेश गरेका शिवचन्द्र कुशवाहलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाई गरिएको छ । मण्डल, खड्का र यादवलाई एक वर्षका लागि पार्टीको सदस्यबाट र भोपेन्द्र यादवलाई केन्द्रीय सचिवालयबाट ३ महिनाको लागि निलम्बन गरिएको जनमत पार्टीका उपाध्यक्ष एवम् अनुशासन समितिका प्रमुख दीपक कुमार साहले जानकारी दिएका छन् ।
कुशवाह गत उपनिर्वाचनमा जनमत पार्टीमा प्रवेश गरी जसपा अध्यक्ष उपेन्द्र यादवसँग प्रतिस्पर्धा गरेका थिए । बारा क्षेत्र नं. २ बाट २८ हजार ४१५ मत ल्याएर उपेन्द्र यादव विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी कुशवाहाले २३ हजार ३३४ मत पाएका थिए । त्यसअघि २०७९ साल चैत १५ गते कुशवाहलाई जनमत पार्टीका अध्यक्ष सीके राउतले पार्टीमा स्वागत गरेका थिए । अहिले कुशवाहमाथि अनुशासनहिनता प्रदर्शन गर्दै पार्टी र नेतृत्व विरूद्ध लागेको आरोप जनमत पार्टीले लगाएको छ ।
यसैगरी गुलाब मण्डललाई मन्दिर व्यवस्थापन समितिको निर्वाचनमा बागी उम्मेदवार बनेर असहयोग गरेको भन्दै र शंकर खड्कालाई विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा बागी उम्मेदवार बनेको भन्दै कारबाई गरिएको छ । भोपेन्द्रलाई केन्द्रीय निर्देशन उल्लंघन गरेको, गर्न लगाएको र गुटबन्दी गरेको आरोप लगाइएको छ । भने भगवान दास यादलाई पार्टीका बैठकहरू, कामकारबाईको क्रममा होहल्ला गर्दै अनुशासनहीनता पटक–पटक प्रदर्शन गरेको भन्दै कारबाई गरिएको जनमत पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर