spot_img

सामुदायिक क्याम्पस व्यापारीको बपौती बन्न दिन्न –डा भगवान यादव



वीरगंज, २ पुस । हरि खेतान बहुमुखी क्याम्पस वीरगंजका क्याम्पस प्रमुख डा. भगवान यादबले सामुदायिक क्याम्पसलाई कुनै व्यापारीको बपौती बन्न नदिने बताउनुभएको छ ।

आज पत्रकार सम्मेलनको आयोजना गरी आफुलाई फर्जी तरिकाले हटाएको भन्दै यो निर्णय आफुले नमान्ने बताएका छन् ।

कुबेरहरूको नगरीमा सरस्वती पुत्र भएका यादवले २०७८ साल मै बिघटन भएको समितिलाई आफुलाई हटाउने अधिकार नभएको भन्दै आफु अहिले पनि क्याम्पस प्रमुखको हैसियतले यो पत्रकार सम्मेलन गरेका बताउनु भयो ।

यहाँको नागरिक समाजले चाहे सम्म आफु यहाँ रहने नचाहे आफु एक मिनेट पनि नबस्ने भन्दै सामुदायीक क्याम्पसलाई व्यापारीहरूको बपौती वन्न कुनैपनि हालतमा नदिने बताउनुभयो।

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर