spot_img

महानगरको अनुगमन टोली देखेर बजारका व्यवसायीहरू भागाभाग



वीरगंज, २९ फागुन । वीरगंज महानगरको अनुगमन टोली बजार अनुगमनमा निस्कदा ब्यापारीहरूले आआफ्नो ब्यवसायहरू बन्द गरेर भागेका छन् । फागु पर्वलक्षित महानगरले अनुगमन तीब्र बनाएपछि डरले ब्यापारीहरूले ब्यवसाय बन्द गरेका हुन् ।
अनुगमन टोलीले आज बाइपास र बसपार्क एरियामा अनुगमन गरेको थियो । यसरी अनुगमनमा निस्केको अनुगमन टोलीलाई कतिपय ठाउँमा ब्यापारीहरूबाट असहयोग पनि भएको महानगरका खाद्य अधिकृत बिपिन कुमार दासले बताउनुभयो ।
अनुगमन टोलीले बसपार्क एरियाको होटल, कोल्ड स्टोर र किराना पसलहरू अनुगमन गरेको टोलीमा संलग्न रहेका होटल तथा पर्यटन ब्यवसायी संघ वीरगंजका अध्यक्ष हरि पन्तले बताए ।
अनुगमनको क्रममा बसपार्क एरियाका विभिन्न पसल र होटलहरूबाट डेट एक्स्पाएर भएका लिच्ची जूस, पेप्सी, लेज, कुरकुरे र बियरहरू जफत गरी नष्टसमेत गरिएको पन्तले बताए ।
अनुगमन गर्दा बन्द गरी भागेका केही पसलहरूमा बजार अनुगमन समितिका संयोजक समेत रहेका वीरगंज महानगरका उपमेयर इम्तियाज आलमको निर्देशनमा महानगरले सिल गर्न खोजेपछि केही ब्यापारीहरूले आफ्ना पसल र होटलहरू खोलेका थिए ।
केही ब्यापारीहरूले मन्दीको समयमा भिन्नभिन्न निकायहरूले भिन्नभिन्न समयमा पटकपटक अनुगमन गरेर ब्यपारीहरूमा त्रास फैलाएकोमा आपत्तिसमेत प्रकट गरेर आफ्ना ब्यवसायहरू बन्द पनि गरेका थिए ।
वीरगंज महानगरका खाद्य अधिकृत बिपिनकुमार लाल दासको नेतृत्वमा निस्केको अनुगमन टोलीमा वडा प्रहरी बिर्ता, सशस्त्र प्रहरी, नगर प्रहरी, नाप तौल कार्यालय, खाद्य अनुसन्धान र जिल्ला प्रशासन कार्यालयहरूको प्रतिनिधीहरूका साथै होटल तथा पर्यटन ब्यवसायी संघ वीरगंजका अध्यक्ष हरि पन्त र वीरगंज उद्योग बाणिज्य संघका मनोज दासको समेत उपस्थिति थियो ।
प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
spot_img

ताजा अपडेट्स

सम्बन्धित खबर