मुलुकको हरेक खबर

हुम्लामा भिरबाट खसेर एकको मृत्यु

@mulukdarpan
२०७९ श्रावण २४, मंगलवार २२:१६

हुम्ला । हुम्लाको दक्षिणी भेगमा रहेको अदानचुली गाउँपालिकामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ । अदानचुली–१ का ६३ वर्षीय धनबहादुर थापाको भिरबाट खसेर मृत्यु भएको हो ।

सोमबार बिहानै घाँस काट्न हिँडेका थापा साँझसम्म पनि नफर्केपछि खोजी गर्दा अदानचुली गाउँपालिका–१ को सिरुपाटामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गोठालाले खोजी गरेपछि उनी मृत भेटिएका थिए ।



Source link

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?