मुलुकको हरेक खबर

एक करोड ४२ लाख मूल्य बराबरको सामानसहित दुई ट्रक बारा प्रहरीको नियन्त्रणमा

@mulukdarpan
२०८० आश्विन १८, बिहीबार १४:४०
वीरगंज, १८ असोज । जिल्ला प्रहरी कार्यालय, बाराले एक करोड ४२ लाख मूल्य बराबरको विभिन्न सामान लोड भएको ट्रकलाई नियन्त्रणमा लिई कारबाइ प्रक्रिया शुरु गरेको छ ।
बुधवार बिहान बारा, जितपुरसिमरा उ.म.न.पा.वडा न. ११ अमलेखगंजमा वीरगंजबाट भैरहवातर्फ जाँदै गरेको ना ६ ख ३८२८ नं.को ट्रक चेकजाँच गर्दा ४९ लाख ८२ हजार मूल्य बराबरको सामान रहेको र सो सामान बिलबिजक भन्दा बढी र स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको जिप्रका, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्ष्Fक दधिराम न्यौपानेले बताएका छन् ।
यसैगरी सोही दिन वीरगंजबाट काठमाण्डौ जादै गरेको ना.८.ख.४८४२ नं.को ट्रकमा ९२ लाख १९ हजार मूल्य बराबरको विभिन्न सामान बिलबिजकभन्दा बढी देखिएपछि नियन्त्रणमा लिएको जिप्रका, बाराका प्रवक्ता प्रहरी नायब उपरीक्ष्Fक दधिराम न्यौपानेले बताएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?