मुलुकको हरेक खबर

बेलायत भ्रमणमा जाँदै रबि लामिछाने

@mulukdarpan
२०८० मंसिर १०, आईतवार १७:५१

 

रास्वपा समर्थित बेलायत निवासी नेपालीहरुको साझा संजाल ‘प्रवास नेपाली सम्पर्क बिभाग (युके)’को निमन्त्रणामा पार्टिका सभापती रबि लामिछानेले डिसेम्बर १० देखि १४ सम्म बेलायत भ्रमण गर्ने भएका छन् । युके बिभागका सभापती पवन शर्माले सो भ्रमणको बारेमा पुष्टि गर्दै उक्त चारदिने भ्रमणका क्रममा बिभागद्वारा आयोजना गरिने विभिन्न कार्यक्रममा शभापती रबि लामिछानेको सहभागीता रहने बताउनु भयो ।

बेलायतमा रहेका नेपालीहरुको समस्या,जिज्ञासा,चाहना र गुनासाहरुलाई सम्बोधन गर्ने योजना बमोजिम बेलायतको साउथ वेष्ट, स्विण्डन , मिडल्याण्ड र अल्डरशट लगायतका स्थानहरुमा अन्तर्कृयात्मक कार्यक्रमहरु आयोजना हुने र भ्रमणकै क्रममा केही उच्च राजनैतिक ब्यक्तित्वहरुसङ्ग भेटघाट र छलफल समेत गर्ने योजना रहेको जानकारी दिनु भयो ।

शर्माका अनुसार शभापती लामिछाने मलेसिया र कतारको कार्यक्रममा सहभागी भए पस्चात् कतारबाटै बेलायत आउन लागेका हुन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?