spot_img

सामुदायिक क्याम्पस व्यापारीको बपौती बन्न दिन्न –डा भगवान यादव



वीरगंज, २ पुस । हरि खेतान बहुमुखी क्याम्पस वीरगंजका क्याम्पस प्रमुख डा. भगवान यादबले सामुदायिक क्याम्पसलाई कुनै व्यापारीको बपौती बन्न नदिने बताउनुभएको छ ।

आज पत्रकार सम्मेलनको आयोजना गरी आफुलाई फर्जी तरिकाले हटाएको भन्दै यो निर्णय आफुले नमान्ने बताएका छन् ।

कुबेरहरूको नगरीमा सरस्वती पुत्र भएका यादवले २०७८ साल मै बिघटन भएको समितिलाई आफुलाई हटाउने अधिकार नभएको भन्दै आफु अहिले पनि क्याम्पस प्रमुखको हैसियतले यो पत्रकार सम्मेलन गरेका बताउनु भयो ।

यहाँको नागरिक समाजले चाहे सम्म आफु यहाँ रहने नचाहे आफु एक मिनेट पनि नबस्ने भन्दै सामुदायीक क्याम्पसलाई व्यापारीहरूको बपौती वन्न कुनैपनि हालतमा नदिने बताउनुभयो।

प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्

ताजा अपडेट्स

सम्बन्धित खबर