मुलुकको हरेक खबर

छिपहरमाई रास्वपाको अध्यक्षमा यादव

@mulukdarpan
२०८१ असार ८, शनिबार १५:५८
वीरगंज – ८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम छिपहरमाई गाउँपालिकाको भेला तथा सम्मेलन शनिबार सम्पन्न भएको छ ।
सम्मेलनले उमेश यादव सभापति रहने गरि ११ सदस्ययीय गाउँपालिका कमिटि चयन गरेको छ । कमिटिको उप-सभापतिमा बृज किशोर यादव, सचिवमा मनबोध यादव, कोषाध्यक्षमा सनोज महतो चयन भएको रास्वपा पर्साका सभापति हरि पन्तले जानकारी दिए ।
पर्सा क्षेत्र नं. ४ को क्षेत्रीय अध्यक्ष जितेन्द्र मिश्रको अध्यक्षतामा तथा शंकर श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको सम्मेलनमा जिल्ला संयोजक हरि पन्त, शिक्षा प्रदेश बिभाग प्रमुख सब्बु कंडेल, शिक्षा प्रदेश बिभाग उप प्रमुख सोनालाल पटेलको विषेश आतिथ्यता रहेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?