वीरगंज, २८ मंसिर । अवकाशप्राप्त प्रहरी निरीक्षक ललन प्रसाद कुर्मी राष्ट्रिय स्वतन्त्र पार्टीको धोबिनी पालिकाको सभापतिमा चुनिएका छन् ।
आज राष्ट्रिय स्वतन्त्र पार्टी धोबिनीको प्रथम पालिका भेलाले कुर्मीलाई सर्वसम्मत रूपमा सभापतिमा चुनेको हो । उनी पूर्व प्रहरी परिषद पर्सा जिल्लाका अध्यक्ष पनि हुन् । भेलाले उपसभापतिमा निरज पटेल, सचिवमा उदित नारायण पटेल, कोषाध्यक्षमा वृज लाल पटेल तथा सदस्यहरूमा प्रमोद पटेल, नुबिन राम, सन्दिप पटेल, रामनरेश पटेल, सुरसती देवी, रजरीश पटेल र प्रियंका देवी पासवान चुनिएका छन् ।

रास्वपाका क्षेत्रीय सभापति जीतेन्द्र मिश्रको सभापतित्वमा सम्पन्न भेलालाई रास्वपा पर्सा सभापति हरी पन्त लगायतका नेताहरूले सम्बोधन गरेका थिए । सभापति पन्तले भाद्र २३ र २४ गते जेन्जी पुस्ताले गरेको राजनीतिक हस्तक्षेप र विद्रोह देशका पुराना राजनीतिक दलहरू विरूद्धको विद्रोह भएकोले अब देश र जनताले राष्ट्रिय स्वतन्त्र पार्टीलाई एक मात्र मुलुकको परिवर्तनको सम्बाहकको रूपमा हेरेको बताए । उनले अब रास्वपाले आसन्न निर्वाचनमा स्पष्ट रूपमा एकल बहुमत ल्याउने पनि बताए ।
कृष्णा पासवानले सहजीकरण गरेका उक्त भेलालाई केन्द्रिय सदस्य नन्दन यादब, प्रमोद रायमाझी, सबु कँडेल, दिलीप कुर्मी, सोनालाल पटेल, परितोश द्विवेदी लगायतका नेताहरूले सम्बोधन गरेका थिए ।



