मुलुकको हरेक खबर

संसदीय छानविन विशेष समितिको सदस्य हेरफेर

@mulukdarpan
२०७९ असार ३०, बिहीबार ११:०७

काठमाडौं । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा प्रकरणमा सत्यतथ्य पत्ता लगाउन गठित संसदीय छानविन विशेष समितिको सदस्य हेरफेर गरिएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले सो संसदीय छानवीन विशेष समितिका सदस्य पुष्पा भुसालको ठाउँमा मानबहादुर विश्वकर्मालाई राख्न गरेका प्रस्तावमा सहमति जुटेको हो ।

जस अनुसार सो समितिमा अब नेपाली काँग्रेसको तर्फबाट सांसद भुसालको ठाउँमा विश्वकर्मा रहनेछन् । सभामुख सापकोटाले भने, ‘माननीय सदस्यह?, प्रतिनिधिसभा नियमावली २०७५ को नियम १७७ बमोजिम गठित संसदीय छानवीन विशेष समितिमा माननीय श्री पुष्पा भुसाल गौतमको स्थानमा माननीय श्री मानबहादुर विश्वकर्माको नाम रहने गरी हेरफेर गर्न सभाको सहमतिको लागि प्रस्ताव गर्दछु । प्रस्तावित हेरफेरलाई सहमति जनाई दिनहुन अनुरोध गर्दछु । प्रस्तावित हेरफेरलाई सभाले सहमति जनाएको घोषणा गर्दछु ।’

नेपाली काँग्रेसकी सांसद भुसालले बिहीबार (आजै) प्रतिनिधिसभाको उपसभामुख पदका लागि उम्मेदवारी दिएकी छन् । आगामी आर्थिक वर्षको बजेटमा अनधिकृत व्यक्तिलाई संलग्न लगाइएको भन्दै त्यसको छानवीन गर्न गत असार २२ गते बुधबार सो संसदीय छानबिन विशेष समिति गठन गरिएको थियो । समितिमा प्रमुख प्रतिपक्ष दल एमालेका ४ जनासहित ११ सदस्य रहेका छन् ।



Source link

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?