spot_img

    गाडी लुट्ने तीन भारतीय लुटेरा पक्राउ



    कैलाली । कैलालीको आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीसँग लिफ्ट माग्ने बहाना बनाइ बाँधेर कुटपिट गरि गाडी लुटेर लग्ने तीन जना भारतीयलाई पक्राउ गरिएको छ ।

    पक्राउ पर्नेहरुमा २१ वर्षीय भगत सिंह, १७ वर्षीय साहिल बादलिसे र २० ववर्षीय सन्नी जेट रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    तीनै जनालाई गोदावरी नगरपालिका–१ को जङ्गलबाट प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई पक्राउ गर्नु अघि प्रहरीले बेवारिसे अवस्थामा उनीहरु पक्राउ परेको नजिकै ०१–२३–च ६०२१ नम्बरको कार फेला पारेको थियो ।

    फोटो खिच्ने बाहानामा भण्डारीलाई कुटपिट गरी हातखुट्टा बाँधेर सडकबाट तल फालिएको थियो । र, मोबाइल र पैसासहित कार लुटेर भारतीय लुटेरा भागेका थिए । हाल भण्डारीको पद्मा अस्पताल गोदावरीमा उपचार भइरहेको छ।



    Source link

    प्रतिक्रिया लेख्नुहोस् अथवा व्यक्त गर्नुहोस्
    spot_img

    ताजा अपडेट्स

    सम्बन्धित खबर